काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर १ हजार १ सय ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमुक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५ सय ७६ पुगेको छ । उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३ सय ९३ जना रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३६० पुगेको छ।
हालसम्म देशभर ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर भएको डा. गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया