काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १,४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना संक्रमण मुक्त भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको डा. गौतमले जानकारी दिए ।
यस्तै आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको छ।
तपाईको प्रतिक्रिया