काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए । आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ ।
यसैबीच कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताए ।
तपाईको प्रतिक्रिया