काठमाडौं । पछिल्लो २४ घण्टामा ११५४ कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ११५४ संक्रमित थपिएको जानकारी दिए । योसँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १००५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ४७ हजार २३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख २३ हजार ८२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
तपाईको प्रतिक्रिया