काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४५७ पुगेको छ ।
यो संगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ५० हजार ४ सय ११ पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४५३ पुगेको डा. गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया