काठमाडौं । बितेको २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ७ सय २२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबार नियमित प्रेस व्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको पीसीआर भएकोमा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संक्ग्या ३ हजार ३ सय ७ पुगेको छ । संक्रमण मुक्त हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको गौतमले बताए ।
डा. गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए ।
यस्तै कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । ४ महिला र ७ पुरुषसहित ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।
पछिल्लोपटक मोरगका २७ बर्षीय पुरुष, ललितपुरका ३२ र ७० बर्षका पुरुष भक्तपुरका ६१ र ५१ महिलाको निधन भएको छ । त्यस्तै काठमाडौका ६७ वर्षीया महिला, मकवानपुरका ७८ वर्षका पुरुष तथा रुपन्देहीका ६० बर्षका पुरुष, बाँकेका ५२ र ५९ बर्षका पुरुष र सुर्खेतका ७५ बर्षीया महिलाको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया