काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप नयाँ संक्रमित २ हजार ८ सय ५६ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको जनाएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३६ जना संक्रमण मुक्त भएका छन् ।
कोरोना भाइरस संक्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको जनाएको छ ।
तपाईको प्रतिक्रिया