काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ हजार २३ जनाको पीसीआर भएकोमा २ हजार ८ सय २४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको जानकारी दिए ।
उनका अनुसार बितेको २४ घण्टामा ३ हजार ६२० जना संक्रमण मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७७९ जना र होम आइसोलेशनमा ३० हजार ९८६ जना रहेका छन् ।
यस्तै कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ।
तपाईको प्रतिक्रिया