काठमाडौं । नेपालमा कोरोना भाइरसका २ हजार ५ सय ७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २ हजार ८ सय १२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १ सय ७७ जनाको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित थपिएका हुन्।
मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९७ हजार २४ पुगेको छ । हाल ३६ हजार १७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १,७९८ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५९ हजार ७ सय २४ जना निको भएर घर फर्केका छन् । निकाे हुने दर ८१ प्रतिशतमा उक्लेकाे छ ।
पछिल्लो चौबीस घण्टामा १८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।
तपाईको प्रतिक्रिया