काठमाडौं / बितेको २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ८९१ पुगेको छ ।
तपाईको प्रतिक्रिया