काठमाडौं । विश्वभर एकै दिन २ लाख ३४ हजार ६६३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित भएका छन् ।
शनिबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड २६ लाख १४ हजार ३२४ जना संक्रमित भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६१ हजार ९८७ पुगेको छ ।
वर्ल्डोमिटर्सका अनुसार एकैदिन १ लाख ३४ भन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । संक्रमणमुक्त हुनेको संख्या ७३ लाख ३३ हजार ३३ पुगेको छ ।
तपाईको प्रतिक्रिया