काठमाडौं । बिहीवार थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ४३१ जना पुगेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना निको भई २०६ जना भई घर फर्किएका छन् । याेसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार ६५ जना पुगेको छ ।
आज तीन हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १४२ सङ्क्रमित थपिएका हुन् । हालसम्म २० लाख ८१ हजार ६६५ वटा पीसीआर परीक्षण भइसकेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ३३५ रहेको छ ।
तपाईको प्रतिक्रिया