Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

परीक्षणको दायरा घटाउदै संक्रमितको संख्या कम देखाएर जनता झुक्काएको विज्ञहरुको आरोप


काठमाडौं उपत्यकामा आज पनि २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । केहिँ दिन देखि एक्कासी कोरोना संक्रमितको संख्या घट्दै गइरहेको तथ्यांक सरकारले सार्वजनिक गर्दै आएको छ। दैनिक ५-७ सयको संख्यामा संक्रमित भेटिएकोमा एक्कासी संक्रमितको संख्या दोहोरो अङ्कमा घटेको छ। सरकारले कोरोना नियन्त्रणमा आएको प्रचार गरि रहदा स्वास्थ्य विज्ञहरुले भने सरकारले कोरोना परीक्षणको दायरा घटाएर संक्रमितको संख्या कम देखाइ जनता झुक्काएको आरोप लगाएका छन्।

सरकारले स्वाब परीक्षणको संख्या ह्वात्तै घटाएर कोरोना संक्रमितको संख्या घटेको देखाएको छ। अहिले देशभरका २५ वटा प्रयोगशालामा कोरोना परीक्षण हुने गरेको छ। त्यसबाहेक स्वास्थ्य मन्त्रालयले चार वटा निजी प्रयोगशालाई परीक्षणको अनुमति दिने निर्णय गरेको थियो। काठमाडौं मेडिकल कलेज, स्टार अस्पताल, सिडिएल र कोरियामैत्री अस्पतालले पीसीआर परीक्षणको अनुमति पाएका अस्पतालहरु हुन्। उनीहरुले परीक्षणको अनुमति लिए पनि परिक्षण गर्न अझै पाएका छैनन्।

कोरोना नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गठन गरेको विज्ञ समूहका सदस्य समेत रहेका मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले परीक्षण घटाएर संक्रमित घटे भन्नु ‘पिसाबको तातो’मा रमाए जस्तै भएको बताए।

‘परीक्षणको दायरा बढाउनु पर्छ भनेर धेरै पटक भने सुनुवाइ भएन। त्यसपछि विज्ञ समूहको छलफलमा जाने कुनै अर्थ भएन अनि जान छोडेँ। अहिले त परीक्षण घटाएर संक्रमित घटे भनेर देखाउन खोजिएको छ।’

उनले कोरोना संक्रमण उच्च विन्दुमा बढ्न थाल्दा साथ परीक्षण घटाइएको बताउँछन्। ‘संक्रमण पिकमा पुग्दै गर्दा परीक्षण घटाइएको छ। यो ठिक होइन,’ उनले भने,‘क्वारेन्टाइनमा बसेका सबै, स्वास्थ्यकर्मी र शंकास्पद सबैको परीक्षण गर्नुपर्छ। त्यसो नगर्दा परीक्षण घट्छ र संक्रमित घटेको देखिन्छ।’

जनस्वास्थ्य अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दीक्षित सरकारले सार्वजनिक गर्ने तथ्याङ्ककै विश्वसनियता बारे प्रश्न उठाइनुपर्ने अवस्था आएको बताउँछन्। “केही समय अघि शिक्षण अस्पताल सहित अन्य केही स्थानमा गरिएका परीक्षणमा शतप्रतिशत सङ्क्रमित भेटिएका थिए। त्यसपछि सरकारले परीक्षणको सङ्ख्या लुकाउन सुरु गरेको छ” उनले भने। तर सरकारी अधिकारी तथ्याङ्क लुकाएको अस्वीकार गर्छन्।

“सरकारले नै नमुना सङ्कलन गर्ने, परीक्षण गर्ने र उसैले निगरानी गर्ने र तथ्याङ्क सार्वजनिक गर्ने अवस्थामा विश्वस्त हुने ठाउँ नरहेको उनी बताउँछन्।” उनका अनुसार काठमाण्डूमा दिनको २० हजार मात्रै परीक्षण गर्न सकिए पनि सङ्क्रमणको केही हदसम्म अवस्था बारे प्रस्ट हुनसक्ने अवस्था रहन्छ। तर हाल सरकारले गर्ने भनिरहेको परीक्षणको सङ्ख्या त्यो भन्दा निकै कम छ। परीक्षण बाहेक कनट्याक्ट ट्रेसिङ अर्थात् उनीहरूले भेटेकाहरूको पहिचान गर्न नसक्नुका कारण पनि समस्या बढेको उनी बताउँछन्।

त्यस्तै, दिक्षितका अनुसार कोरोनाभाइरस सङ्क्रमणका लागि पीसीआर परीक्षण दुई प्रतिशत जनसंख्यासम्म पुर्याएर मात्रै नहुने बताउँछन्। “आज परीक्षण गरिएका भोलि सङ्क्रमित नहोला भन्न सकिँदैन। परीक्षण त निरन्तर गरिरहनु पर्छ,” उनले भने।

नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ०.३ प्रतिशत संक्रमितमा मात्र कोरोनाको लक्षण देखिएको पाइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले नेपालमा देखिएका १६ हजार ८०१ जना कोरोना संक्रमितमध्ये ०.३ प्रतिशतमा मात्र कोरोनाको लक्षण देखिएको जानकारी दिएका हुन्। लक्षण नदेखिने हुदा कसलाई संक्रमण छ भन्ने थाहा हुने अवस्था छैन्।त्यसले गर्दा कोरोना भित्र-भित्रै समुदायमा फैलिइ सकेको हुन सक्छ। उनका अनुसार परिक्षणको दायारा नबढाइ सुखै छैन।

‘समुदायमा कहीँ छिटफुट घटनाहरु छन्, तर यसलाई हामीले व्यापकरुपमा समुदायबाट स्याम्पल लिनुपर्छ,’ डा पाण्डेले भने, ‘यसको जाँचपर्ताल गरेर हामी सुरक्षित छौं, छैनौं भनेर हेर्नुपर्छ।’

डा. पाण्डेका अनुसार पहिलो चरणमा समुदायमा गरिएको परीक्षणले समुदायमा कोरोना संक्रमण भएको भेटिएको छ । समुदायमा कोरोना संक्रमणको अवस्था कस्तो छ भनेर हेर्न समुदायमा परीक्षणको दायरा अझै बढाउनुपर्ने डा पाण्डेले बताए।

अर्को तर्फ वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले लक्षण नदेखिएका मानिसहरुको परीक्षण गर्न परीक्षण निर्देशिका बाधक भएको बताएका छन्।

अर्का सङ्क्रमण रोग विशेषज्ञ डा. अनुप सुबेदीका अनुसार अहिले नेपाल बाहिरबाट आएकाहरुको परीक्षणमा मात्रै ध्यान दिँदा तथ्यांकमा संक्रमितको संख्या कम देखिएको हो तर कोरोना भित्रैभित्रै फैलिसकेको छ। त्यसैले कन्ट्याक्ट ट्रेसिङलाई बढाउँदै न्युनतम १० देखि १५ हजारसम्म दैनिक परीक्षण गरे मात्रै संक्रमण घटेको छ कि बढेको छ भन्न सकिन्छ।

Tags: Coronaviruscovid-19कोरोना भाइरस

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

5 days ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

6 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

2 weeks ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

2 weeks ago

ताजा समाचार

सरकारी सवारी साधनको चरम दुरुपयोग

सरकारी सवारी साधनको चरम दुरुपयोग

1 hour ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

1 day ago
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

4 days ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

4 days ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि