काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २५ पुगेको छ ।
यस्तै थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंका ७ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा २६ वटा प्रयोयशालामा ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएकोमा ११६ जनामा पोजेटिभ देखिएको छ ।
तपाईको प्रतिक्रिया