काठमाडौं । नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार दिउँसो रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूषको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।
मृतक असार २९ गते वीरगन्जस्थित नारायणी अस्पतालको आइसीयूमा भर्ना भएका थिए। बुधबार बिहान उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रवक्ता प्रा डा गौतमले जानकारी दिए।आज थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या ३९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया