काठमाडौं । अहिलेसम्मकै महंगो सुनको भाउले निरन्तर नयाँ रेकर्ड राखेको छ ।
बिहीबार तोलाको ९९ हजार पुगेको सुन शुक्रबार तोलाको ३ सयले बढेर ९९ हजार तीन सय रुपैंया पुगेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।
सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज घटेको छ । चाँदीको भाउ भने आज पनि तोलाको २५ रुपैंयाले घटेर १२ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया