कोहलपुर, माघ १५,
वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम संचालन भएको छ ।
वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा नेतृत्व भन्दै युथ इन्नोभेसन ल्याबले युरोपेली संघको आर्थिक सहयोगमा मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुमा लक्षित गर्दै ४ वर्षे परियोजना संचालन भएको थियो । पहिलो वर्ष मधेश प्रदेशमा कार्यान्वयन भएको थियो । पहिलो वर्षमा १९५५ युवाहरु (क्लाइमेट फेलो, mentee, स्वयंसेवक, डिजिटल एड्भोकेट्स, स्मार्ट उद्यमी लगायत) को संलग्नता कार्यक्रम संचालन रहेको थियो ।
यसका साथै २ सय ४ सरकारी प्रतिनिधि,अधिकारीहरूलाई विपद् पोर्टल, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलनमा उन्मुख गरिएको थियो । अत्यावश्यक पूर्वाधारहरुको सङ्कलन र संकटासन्नता तथा क्षमता विश्लेषणको क्रममा ३ हजार १ सय ६७ जना समुदाय सदस्यहरू र १८ स्थानीय,क्षेत्रीय विशेषज्ञहरूलाई सल्लाहकारको रूपमा संलग्न गरिएको थियो । परियोजनाको पहिलो वर्षका प्रगति, उत्कृष्ट अभ्यास, चुनौतिहरूका साथै मुख्य सिकाईहरुको समिक्षा गर्न यो कार्यक्रम विभिन्न मन्त्रालय, प्रदेशका प्रतिनिधि, पालिकाहरुका प्रमुखहरुका साथै सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा आयोजना गरिएको हो ।
परियोजनाको क्लाइमेट फेलोसिप कम्पोनेन्ट मार्फत गृह तथा सञ्चार मन्त्रालय, मधेश प्रदेश, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका, प्रसौनी गाउँपालिका, सुवर्ण गाउँपालिका, गरुडा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, हरिपुर नगरपालिका, ईश्वरपुर नगरपालिका र लोहारपट्टी नगरपालिका गरी ९ पालिकामा १० जना क्लाइमेट फेलोहरु खटिएका थिए । पाँच महिनाको लागि तैनाथ भएका क्लाइमेट फेलोहरूले विपद् पोर्टलको स्थानीयकरण, महवपूर्ण पूर्वाधारहरूको १ हजार २ सय २२ वटा तथ्यांक सङ्कलन गरि विपद्पोर्टलमा एकीकृत गरेका थिए । साथै पालिका र वडाका प्रतिनिधिहरूसँगको समन्वयमा क्लाइमेट फेलोहरुले स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना निर्माणमा पालिकालाई सहयोग गरेका थिए ।
त्यसैगरी क्लाइमेट स्मार्ट उद्यमशीलता मार्फत २० जनाले आफ्नो नविन व्यवसायको योजना छनौट भई सम्बन्धित सल्लाहकारसँग मिलेर आफ्नो व्यवसाय विकास गर्ने मौका पाएका थिए । जसबाट उत्कृष्ट ६ जनाले इनोभेसन ग्रान्ट २०२० का लागि आफ्नो व्यवसायिक विचारमा काम गर्न आर्थिक सहयोग प्राप्त गरेका थिए । वार्षिक समिक्षा कार्यक्रममा सोहि ६ जना इनोभेसन ग्रान्ट विजेताले आफ्ना उत्पादनहरु प्रदर्शन गरेका थिए । यसबाहेक, TagMeM डिजिटल अभियान मार्फत, १० डिजिटल स्वयंसेवकहरूले जनकपुरका युवाहरूमाझ पुगी फोहोरको तथ्यांकको ट्याग सङ्कलन गरेका थिए र तथ्यांकका आधारमा नीति निर्माणका अभियानमा जुटेका थिए । TagMePk को ५०० भन्दा बढी डाउनलोडसँगै जनकपुरका युवाहरूले फोहोरको प्रकार सहित करिब ५ हजार पोइन्ट डाटा सङ्कलन गरेका छन् ।
उक्त वार्षिक कार्यक्रमको सुरुवात ६ जना उद्यमी इन्नोभेसन ग्रान्टका विजेताहरुको नवीनतम उत्पादनहरुको प्रदर्शन गर्दै नवप्रवर्तन पदयात्रा (Innovation Walk) बाट भएको थियो । औपचारिक रुपमा कार्यक्रमको सुरुवात स्थानीय विपद् तथा जलवायू उत्थानशील योजना निर्माणका प्रक्रियामा प्रयोग गरिएका नवीनतम प्रक्रिया र विपद् पोर्टलको तथ्यांकको प्रयोग, परियोजनामा लैङ्गिक समानता र सामाजिक समावेशीकरण, एड्भोकेसी लागायतका परियोजनाका कार्यक्रमहरुबाट भएका अनुभव तथा सिकाईहरु समावेश भएका थिए । कार्यक्रमको समापन सत्रमा स्थानीय र प्रादेशिक सरकारहरू, सल्लाहकारहरू, डिजिटल स्वयंसेवकहरू र क्लाइमेट फेलोहरूलाई उनीहरूको निरन्तर सहयोग र योगदानको लागि सम्मान गरिएको थियो ।
कार्यक्रमको प्यानल छलफलमा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकुलनका प्रयास, उद्यमशीलता र सुशासनमा युवाहरुलाई अग्रस्थानमा राख्नकालागि आफ्ना दृष्टिकोण र प्रयासहरुमा छलफल गरिएको थियो । युथ इन्नोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले सहजीकरण गरेका थिए । छलफल कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप–सचिव ऋषिराज आचार्य, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट रिना चौधरी र राष्ट्रिय युवा परिषद्का रमाकान्त शर्माले आफ्ना भनाई व्यक्त गरे ।
स्थानीय विपद् तथा जलवायू उत्थानशील योजना तर्जुमा निर्देशिका हालको अपडेटस मबन्धमा ऋषिराज आचार्यले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको निर्देशिकामा स्थानीय विपद् जोखिमव्यवस्थापन योजना तर्जुमा निर्देशिका र स्थानीय अनुकुलन कार्ययोजनाको संयुक्त रुपमा समावेश गरिएको र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई पनि समेट्ने प्रयास भएको बताए । साथै संघीय, प्रादेशिक र स्थानीय समन्वयमा रहेको खाडललाई पुरा गर्न काम गर्न आवश्यक भएको र स्थानीय तहका विपद् तथा जलवायु उत्थानशिल योजनामा प्रविधिलाई जोड्ने र समावेश गर्ने आवश्यकतामा जोड दिएको भनि व्यक्त गरे ।
तथ्यांक सङ्कलनका प्रयासहरू र यसको महत्वका बारेमा प्रश्नको जवाफ दिँदै, रीना चौधरीले जोखिमपूर्ण सूचित निर्णय प्रक्रियाको लागि तथ्यांक अभिन्न अंग भएको तथ्याङ्कको आवश्यकता र स्थानीय तहमा घरायसी तथ्याङ्क सङ्कलन गर्ने प्रयासबारे जानकारी गराईन् । विपद् पोर्टल स्थानीय करणले तथ्यांकमा आधारित निर्णयलाई प्रवर्द्धन गर्ने प्रयास भईरहेको जानकारी पनि गराईन् । आविष्कार प्रयोगशालाको अवस्था बारे सोधिएको प्रश्नको जवाफ दिँदै रमाकान्त शर्माले आविष्कार प्रयोगशाला स्थापना गर्न तीन वटै तहका सरकार बीच समन्वयको आवश्यकता रहेको जोड दिए । कार्यक्रमको अर्को सत्रमा युरोपियन युनियनका सहयोग प्रमुख डा. मार्को गेमरले आफ्नो मन्तव्यमा ‘EU green deal’ युरोपका लागि मात्र नभएर सबैका लागि भएको र सँगै काम गर्न आवश्यक रहेको बताए ।
जलवायु परिवर्तनमा नेपालमा चुनौति र समाधानहरू छन् जसलाई यहाँ सहमत र स्वीकार गर्न आवश्यक छ र यस प्रयासमा युरोपेली संघलेनेपालमा रहेका समुदायहरूलाई सहयोग जारी राख्ने भनि बताए । मार्कोले संयुक्त कार्यमा सहमत हुन विभिन्न पुस्ताहरू बीच संवादको आवश्यकतालाई जोड दिए । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले आगामी पुस्तालाई बाँच्नको लागि उपयुक्त विश्व हस्तान्तरण गर्नुपर्ने हुनाले जलवायुमैत्री व्यवसायलाई आविष्कार र प्रवद्र्धनको महत्व झल्काउदै राष्ट्रिय युवा परिषद्ले नवप्रवर्तन केन्द्रहरू सिर्जना गर्न सातै प्रदेशहरूसँग समन्वय गर्ने पनि बताए । सोहि कार्यक्रममा आफ्नो मन्तव्य दिँदै गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले बाढी तथा डुबान सम्बन्धी नीतिलाई सुदृढ र अद्यावधिक गर्ने र फोहरमैला व्यवस्थापनमा केन्द्रित विषयमा आफ्नो धारणा राखे ।
वार्षिक समिक्षा कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पालिका तहमा काम गर्दै स्थानीय सरकारको नेतृत्वमा युवाहरुले स्थानीय सुशासनको बारेमा जान्न र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा योगदान गरेकोमा युवाहरुलाई बधाई ज्ञापन गरे । ग्रेटा थर्न बर्गको शब्दलाई भन्दा कार्यलाई प्राथमिकता दिउँ भन्ने प्रख्यात भनाई लाई प्रतिबिम्बित गर्दै उनले युवा, सरकार र सरकारी निकायहरू र यस क्षेत्रमा काम गर्ने संस्थाहरूलाई मिलेर काम गर्न आह्वान गरे ।
युथ इन्नोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले यस परियोजनाले मधेश प्रदेशमा कोभिड पछिको रिकभरीमा सहयोग गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलनका सुसाशन, उद्यमशीलता र वकालतमा युवा र युवा पेशेवरहरूसँग काम गरेको कुरा प्रकाश पार्नुभयो। मधेसबाट भएका अनुभव र सिकाईलाई लिएर कर्णाली प्रदेशमा २०२३ मा कार्यन्वयन गर्ने र धेरै युवाहरूलाई उद्यमशीलतामा संलग्न गराउने, थप हरित रोजगारी सिर्जना गर्ने र युवाहरुलाई नीति संवादहरूमा संलग्न गराउने प्रतिबद्दता ज्यक्त गरे ।
युवाहरूलाई वातावरण संरक्षण प्रवर्द्वनमासशक्तीकरणगर्न र उनीहरूलाई कोभिड पछिको पुनर्स्थापना र विकास प्रक्रियामा मद्दत गर्न वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा (NYCAGG) परियोजना संचालन भैरहेकोछ । युरोपेलीसंघले आर्थिक सहयोग गरेको चार वर्षे यो परियोजना मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा युथइन्नोभेसन ल्याबले समग्र परियोजनाको नेतृत्व गर्दै Restless Development Nepal, CREASION / CDMS को सहकार्यमा संचालनहुने छ । साथै Climate Fellowship अनुदान कार्यक्रम युथइन्नोभेसन ल्याबले Restless Development को सहकार्यमा गर्दैछ । चार वर्षे योजना मधेश प्रदेशमा सुरु भएको छ । मधेस प्रदेशबाट सिकेको सिकाइ कर्णाली प्रदेशमा दोस्रो वर्ष, सुदूरपश्चिम तेस्रो वर्ष र अन्तिम वर्षमा मधेसमा कार्यान्वयन गरिने छ ।
तपाईको प्रतिक्रिया