दीपक रावल,
कोहलपुर, साउन २४,
नेपाली किसानहरुले पछिल्लो समय नेनो युरिया झोल मलको प्रयोग गर्न थालेका छन् ।
इण्डियन फार्मर्स फर्टिलाइजर कोअपरेटिभ (इफको) द्वारा उत्पादित नेनो युरिया झोल मलले बाली राम्रो हुन थालेपछि मल प्रयोग गर्ने किसानहरुको संख्या बढ्न थालेको हो । नेनो झोल मल नेपालमा शुभारम्भ ट्रेड एण्ड सप्लायर्स कृष्णपुर–५ कन्चनपुरले आयात गरेर किसानहरुमाझ पु¥याइरहेको छ । उक्त मल माटो तथा कृषिबालीका लागि लाभदायी बनेको प्रयोगकर्ता किसानहरुले बताएका छन् ।
दाङको टरिगाउँ महिला साना किसान सहकारी संस्थाका प्रबन्धक सुनिता भण्डारीले सहकारीका सदस्य किसानहरुले उक्त मल प्रयोग गरेपछि माटोमा सुधार आएको, बाली सप्रिएको प्रतिक्रिया दिएका बताइन् । दाङकै शिवशक्ति सहकारीका अध्यक्ष ऋषिराम भट्टराईले पनि गहुँमा प्रयोग गर्दा उत्पादन राम्रो भएको बताउँदै अहिले धानमा पयोग गरिएकोमा सबै किसानको धान सप्रेको पाइएको बताए ।
इफकोको नेनो युरिया झोल कम लागत लाग्ने, वातावरणमैत्री, दाना युरियाभन्दा सस्तो रहेको इण्डियन फार्मर्स फर्टिलाइजर कोअपरेटिभ (इफको)ले जनाएको छ । झोलले किसानको आम्दानी बढाउने र बाली उत्पादनमा वृद्धि गर्ने बताइएको छ । एक सय मिलि लिटर झोललाई १६ लिटर पानीमा मिलाएर छर्किनुपर्छ । एक बोत्तल नेनो युरियाको प्रयोगले कम्तिमा एक बोरा युरियाको स्थान लिनसक्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया