काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले कीर्तिपुर नगर उद्योग वाणिज्य संघका संस्थापक पदाधिकारीलाई साथै कार्यकालकाे सफलताको शुभकामना दिनु भएको छ ।
कीर्तिपुर नगर उद्योग वाणिज्य संघको प्रारम्भिक साधारणसभाको कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित उपाध्यक्ष श्रेष्ठले कीर्तिपुर नगर उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तयार भएको र ब्यापारीहरुको हकहितको लागि सधैं सरकारलाई झकझकाईरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कीर्तिपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यको सभापतित्वमा संचालित उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल उद्योग बाणिज्य संघ काठमाडौका उपाध्यक्ष राजेन्द्र शेरचन, बाघभैरव जेष्ठ नागरिक संघका अध्यक्ष निलकण्ठ अमात्य, कीर्तिपुर नगरपालिका राजश्व बिभागका प्रमुख नरेन्द्र महर्जन, नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् पिएम कन्ट्रक्सनका अध्यक्ष कृष्णप्रसाद महर्जन, मनकामना क्राफ्ट एण्ड क्रियसनका प्रबन्ध निर्देशक निरज कुमार श्रेष्ठ लगायत सम्पूर्ण संस्थापक पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा नगरपालिकाका राजश्व प्रमुखले अब कीर्तिपुरका सम्पूर्ण ब्यापारीहरुलाई संगठित बनाई भावी कार्ययोजना बनाई राजश्व वृद्धिदर बढाउनको निम्ति बाणिज्य संघको मुख्य भुमिका हुनुपर्नेमा जोड दिनुभयो ।
बाघ भैरव जेष्ठ नागरिक संघका अध्यक्ष एवम् कीर्तिपुर नगर उद्योग वाणिज्य संघका सल्लाहकार निलकण्ठ अमात्यले अर्थतन्त्र बलियो बनाउन कीर्तिपुरको ऐतिहासिक नगरको पहिचानका लागि बिशेष पहल गरेर कीर्तिपुर नगरपालिकासंग सहकार्य गरी नेवारी एला, रातो छ्याङ साथै विभिन्न हस्तकलाका सामानहरुलाई बिदेश निर्यात गर्नुपर्नेमा जोड दिनुभयो ।
तपाईको प्रतिक्रिया