काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढने भएको छ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जनाएको छ।
भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले दावी गरेको छ।
निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।
तपाईको प्रतिक्रिया