काठमाडौं । नेपालमा कुनैपनि व्यवसाय गर्दा दर्ता गर्नु अनिवार्य छ ।
दर्ता गरेपश्चात प्यान नं लिएर आफ्नो सम्पूर्ण कारोबार चुस्तदुरुस्त राख्ने र कर तिर्नुपर्ने प्रावधान रहेको छ ।
ग्रामिण भेगका धेरै व्यवसायहरु र शहरी क्षेत्रका केहि साना व्यवसायहरु दर्ता नगरी पनि चलेकै छन् ।
सरकारले दर्ता नभएका त्यस्ता ब्यबसाय हरुलाइ पनि दर्ताको दायरामा ल्याउने प्रयास पनि गरिरहेकै छ । त्यस्तै बिभिन्न किसिमका व्याक्तिगत आय तथा कारोबारहरुलाई पनि प्यान नं लिएर कर तिर्नुपर्ने प्रावधान छ ।
व्यवसायिक रुपमा खासै लामो इतिहास नभएतापनि नेपालको व्यवसायिक वातावरण सुधारोन्मुख छ ।
हाल व्यवसाय दर्ताको लागि उद्योग बिभाग/बाणिज्य बिभाग वा कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिन्छ । उत्पादन र सेवा प्रकृतिका व्यवसाय हरु उधोग बिभागमा दर्ता गरिन्छ भने ब्यापारिक प्रकृतिका व्यवसायहरु बाणिज्य बिभागमा दर्ता गरिन्छ ।
कम्पनी रजिष्ट्रारको कार्यालय मा सम्पुर्ण किसिमका व्यवसायहरु दर्ता गरिन्छ । यसरी कुनै व्यवसायलाई उद्योग /बाणिज्य वा कम्पनीमा कुनै एउटामा दर्ता गरे पुग्छ भने कुनै विशेष प्रकृतिका व्यवसायहरु दुबैतिर दर्ता गर्नुपर्ने समेत हुन्छ । दर्ता पश्चात प्यान नं लिएर सम्पुर्ण आर्थिक कारोबारहरुको अधावधिक गर्नु पर्छ ।
व्यवसाय दर्ता गर्नु अघि अनिवार्य जान्नैपर्ने केही कुरा थप भिडियोमा :
तपाईको प्रतिक्रिया