-राजन कुमार बानिया
पोखरिया । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा साेमबार युरिया मल वितरण गरिएकाे छ ।
श्री कालिकामाई कृषि सहकारी संस्थाले वडाका कृषकहरुलाई ५० बाेरा युरिया मल वितरण गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालय पर्साकाे सिफारिसमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगंजले उपलब्ध गराइदिएकाे ५० बाेरा युरिया मल रु ८ सयकाे दरले बिक्री वितरण गरिएकाे सहकारी संस्थाका काेषाध्यक्ष ओमप्रकाश साहले बताए ।
वडाध्यक्ष साेनालाल प्रसाद चाैरसिया, वडा सदस्य रामजी साह लगायतकाे उपस्थितीमा वडा अन्तर्गतका कृषकहरुलाई एक/एक बाेरा युरिया मल वितरण गरिएकाे थियाे ।
यरिया मल अभावका बिच वडामा साल्ट ट्रेडिङकाे डिलर नभए पनि कृषकहरुकाे समस्यालाई ध्यानमा राखी कृषि सहकारी संस्थाले उपलब्ध गराइएकाे युरिया मलले केही कृषकलाई राहत भएकाे छ ।
मलकाे लागि सय भन्दा बढीकाे संख्यामा कृषकहरु पुगे पनि ५० बाेरा मात्र मल भएकाले सबै कृषकहरु मल पाउन सकेकाे भने थिएनन् ।
यस्तै कालिकामाई गाउँपालिकाकाे वडा नं. ५ मा पनि साल्ट ट्रेडिङले उपलब्ध गराएकाे ५० बाेरा युरिया मल बिक्री वितरण गरिएकाे छ ।
तपाईको प्रतिक्रिया