काठमाडौं । सरकारले आन्तरिक उडान असोज १५ बाट खोल्ने तयारी गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा यो प्रस्ताव पठाइसकेको भन्दै उनले आन्तरिक उडान सुचारु गर्न प्रस्ताव पठाएको जानकारी गराए ।
आर्थिक पत्रकार संघ (सेजन)ले आयोजना गरेको सेजन अर्थनीति बहसमा मन्त्री भट्टराइले आन्तरिक उडान असोज १५ बाट खोल्ने तयारीमा सरकार रहेको बताउँदै भने, ‘सो बेला चाडबाड पनि आउनेछ र उडान पनि सुचारु गर्ने तयारी गरिरहेका छौ ।’ आन्तरिक उडान कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने पक्षमा सरकार रहेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै र आन्तरिक उडान गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
हाल दैनिक ७/८ अन्तर्राष्ट्रिय उडान भइरहेको र अब त्यो संख्या बढाउँदै लैजाने मन्त्री भट्टराईले जानकारी दिए । पर्यटन क्षेत्रले मासिक १० अर्ब रुपैयाँ गुमाएको भन्दै उनले छिटो भन्दा छिटो पर्यटन क्षेत्र खोल्न आफूहरुले पहल गरेको पनि उनले बताए । सरकारले सबैको बाँच्ने अधिकारलाई ज्ञारेन्टी गर्न कठोर निर्णय लिनुपरेको मन्त्री भट्टराइको तर्क छ ।
हवाई सञ्चालकहरुले आन्तरिक उडान तत्काल खोल्न माग गर्दै आएका छन् भने सरकारले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेकोमा मन्त्रीको भनाइले यो समय थप लम्बिने भएको हो ।
तपाईको प्रतिक्रिया