रक गायिका भनेर नाम चिनाउन सफल गायिका सरस्वती भुजेलको नविनतम तीज गीत दर खाएको सुरमा सार्वजनिक भएको छ ।
सरस्वती भुजेलको स्वरमा रहेको उक्त गीतलाई ओम सुनारले संगीत भरेका छन भने शब्द्य दिग्गज को रहेको छ ।
श्यमस्वेत रसाईलीको मिक्सिङ्ग माष्टरीङ्ग रहेको उक्त गीत द एक्सन नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।
गीतको म्युजिक भिडियोमा चन्दा दहालको अभिनय रहेको छ साथमा बिभिन्न कलाकारहरु समेत उक्त गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।
माधब त्रिपाठी,पवन खतिवडा,कविता महत,फरिता खड्का,शिवहरी श्रेष्ठ ,सुमन खत्री,डोल्मा वाईवा,भिम बहादुर तामाङ्ग लगाएत कलाकारहरु अभिनयमा देख्न पाईन्छ ।डान्सिङ्ग विटमा बनेको उक्त गीत गायिका सरस्वती भुजेलको सधाझै रक प्रस्तुतीमै रहेको छ ।
तपाईको प्रतिक्रिया