बाराको सिमरामा जन्मिएका अभिनेता नाजिर हुसेन नाटक मन्चहुँदै नेपाली चलचित्र क्षेत्रमा अहिले चम्किलो ताराको रुपमा चम्किरहेका छन् ।
नाटकबाट आफ्नो कला प्रदर्शन गर्दै नाजिर ‘होस्टेल रिटर्न्स’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । एकपछि अर्को चलचित्रमा अभिनय गर्दै अहिले चलचित्र क्षेत्रको उचाईमा नाजिर शिखर चुम्दैछन् ।
उनले चलचित्र क्षेत्रबाट विभिन्न अवार्ड पनि पाइसकेका छन् । उनका प्रमुख चलचित्रहरुमा,’गाँठो’, ‘जंगे’,’पुन्टे परेड’,’वीर विक्रम’, ‘तिमी सङ्ग’ हुन् ।
आफ्नो कलाले पहिचान बनाउन सफल भएका नाजिर कुनै समय आफू रंग र जातीय विभेदको शिकार भएको समेत बताउछन् । तर अहिले आफ्नो क्षमता र कामले सबैमाझ आफ्नो पहिचान बनाएका छन् ।
बाराको दृर्गम क्षेत्रबाट काठमाडौंमा संघर्षको उतारचढाव झेलेका नाजिर काठमाडौंमा दाइसंग बस्दै आएका थिए । दाइले पढेर प्रतिष्टित जागिर खान दबाब दिइरहने नाजिर भने आफू कलाकर बनेर देखाउने बताउंदै कोठा छोडेर हिंडेका थिए ।
कलाकार बन्ने अठोट गरेका नाजिर दाइको कोठा छोडेका नाजिरले कहीं जाने ठाउँ नपाएर वसन्तपुरको मन्दिरमा रात बिताएको समेत सम्झन्छन् । उनले सामाखुसीदेखि हिडेर मण्डला थिएटर जाने गरेको समेत बताउँछन् ।
नाजिरको यहि संघर्ष र अठोटले नै आज उनी चलचित्र क्षेत्रका चम्किला तारा भएका छन् ।
भदौ २२ गते नाजिरको जन्मदिन रहेको छ । चलचित्र क्षेत्रको उचाईको शिखर चुम्दै गरेका नाजिरलाई www.paharanepal.com को तर्फबाट उनको आउदै गरेको जन्मदिनको लागि हार्दिक शुभकामना !
तपाईको प्रतिक्रिया