कोरोना भाइरसका कारण रिलिज हुन नसकेको फिल्म प्रेम गीत ३ का निर्देशक छितेन गुरुङको निधन भएको छ ।
फिल्म नोभेम्वर रेनबाट फिल्म क्षेत्रमा निर्देशन शुरु गरेका निर्देशक छितेनको गए राति बुधबार बिहान २ बजे राजधानी स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो ।
४२ बर्षका गुरुङलाई स्वास्थ्यमा समस्या आएपछि सोमवार अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको धिन भएको हो । उनको जन्म २०३५ साल माघ २२ गते भएको हो ।
दिनेश राउत निर्देशित फिल्म नोभेम्बर रेनबाट उनी फिल्म क्षेत्रमा आएका हुन् । उनले उक्त फिल्ममा कथा, पटकथा र सम्बाद लेखेका थिए ।
गुरुङले लेखन, निर्देशन गरेको प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ । पछिल्लो समय उनी हुतुतु नामक फिल्ममा व्स्त थिए ।
उत्कृष्ट लेखकमा एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७१ प्राप्त गरेका थिए । उत्कृष्ट नव निर्देशकमा कामना फिल्म अवार्डमा–२०७६ र डि सिने जुरी अवार्ड–२०७६ प्राप्त गरेका थिए ।
तपाईको प्रतिक्रिया