दीपक रावल,
कोहलपुर, साउन १२,
बाँकेको कोहलपुर नगरपालिकामा रहेको कोहलपुर सिटि एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
कोहलपुर सिटि एकेडेमीको तथा पब्लिक आरोग्य क्लिनीक, प्याथालोजी एण्ड फार्मेसीको सहकार्य÷समन्वयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि नाक, कान घाँटी, मुख, आँखा, सुगर, उच्च रक्तचाप, छलासम्बन्धीको चेकजाँच गरिएको छ ।
शिविरमा विद्यालयमा अध्यनरत विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुले सेवा लिएको विद्यालयका प्रिन्सिपल प्रशान्त रिजालले बताए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो । विद्यार्थी र अभिभावकहरूको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको रिजालले बताए ।
तपाईको प्रतिक्रिया