Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै विश्वका ५४ देशमा चीनले खुफिया प्रहरी युनिट सञ्चालन गरेको खुलासा


अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै विश्वका ५४ देशमा चीनले खुफिया प्रहरी युनिट सञ्चालन गरेको खुलासा

काठमाडौं । चीनले विश्वका ५४ देशमा विशेष प्रहरी स्टेसन सञ्चालन गरेको खुलासा भएको छ । अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको अनुसन्धानमा बेलायत, जर्मनी, स्पेनसहित युरोपका विभिन्न देश र अन्य देशमा खुफिया काम गर्नेगरी प्रहरी युनिटहरु परिचालन गरेको खुलेको हो ।

खासगरी चिनियाँ मूलका विदेशी नागरिक, चीनबाट भागेर विदेशमा शरण लिइरहेका चिनियाँ नागरिकमाथि सुक्ष्म निगरानी गर्न र दबाब दिएर उनीहरुलाई स्वदेश फर्किन बाध्य पार्न, चीनमा रहेका परिवारका सदस्यमार्फत दबाब दिने काममा प्रहरी युनिटहरु परिचालन हुने गरेको रिपोर्टमा उल्लेख छ ।

चीन आफ्ना विदेशी नागरिकहरूको सम्बन्धमा कूटनीतिक मोर्चामा झन् आक्रामक बन्दै गएको स्थितिले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को नेतृत्व आफूप्रतिको कुनै पनि आलोचनाप्रति झनै असहिष्णु भएको देखाउँछ ।

अक्टोबरको मध्यमा राष्ट्रपति सी जिनपिङलाई लक्षित गर्ने नारा र प्लेकार्डको जवाफमा चिनियाँ कूटनीतिक कर्मचारीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि आक्रमण गरेको म्यानचेस्टर (बेलायत) को घटनाले चीनले आफ्नो शासन स्थिरताका लागि जे पनि गर्छ भन्ने देखाएको छ । हालै सीपीसीको २०औं महाधिवेशन सम्पन्न गरेको चीनले नेदरल्यान्ड्समा “प्रहरी स्टेशनहरू” राखेको रिपोर्टहरू सार्वजनिक भएको छ ।

विदेशमा जाने चिनियाँ नागरिकहरूको गतिविधिहरूको निरीक्षण र निगरानी गर्न यी स्टेशनहरुको प्रयोग भएको भनिएता पनि बास्तविकता भने अर्कै छ । यसअघि चीनले आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रकारका उच्च प्रविधिको प्रयोग गरेर विदेशमा बसोबास गर्ने चिनियाँमाथि ट्याब राख्ने रिपोर्ट सार्वजनिक भएको थियो ।

चिनियाँ राज्यद्वारा विदेशमा बसोबास गर्ने उइगर मुस्लिमहरूको उत्पीडनको बारेमा वा तिब्बतको आन्दोलनका बारेमा भएका जनलहर र मुभमेन्टलाई नियन्त्रण गर्न चीनले यी कुराहरुको प्रयोग गर्दछ । नेदरल्यान्ड्सको पछिल्लो रिपोर्टले चिनियाँ गतिविधिमा आएको नयाँ आयामको प्रमाण दिन्छ ।

चीनले युरोप र अन्य ठाउँहरूमा प्रहरी स्टेशनहरू स्थापना गर्नु स्पष्ट रूपमा अवैध हो । प्रहरी चौकीहरूको स्थापनाका बारेमा स्पेनिस एनजीओ द्वारा अनुसन्धान र रिपोर्ट गरिएको थियो ।

सेफगार्ड डिफेन्डर्स इन्भेष्टमेन्ट (१२ सेप्टेम्बर २०२२) “११० ओभरसीज: चाइनिज ट्रान्सनेसनल पुलिसिंग गोन वाइल्ड” मा अप्रिल २०२१ र जुलाई २०२२ को बीचमा चिनियाँ प्रहरीले २ लाख ३० हजारलाई चीन फर्काउन सहजीकरण गरेको उल्लेख छ । फरार व्यक्तिहरूलाई “स्वैच्छिक रूपमा” चीन फर्काएको दाबी गरे पनि वास्तविकता भने फरक छ ।

तपाईको प्रतिक्रिया

Related Posts

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
पत्र-पत्रिका

राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

1 week ago
अजय चौरासियाले सदनमै रवि लामिछानेको कर्तुत पोलेपछि रास्वपा सांसदले वितण्डा मच्चाए, ढाकछोप गर्न न्वारनदेखिको बल लगाए
पत्र-पत्रिका

अजय चौरासियाले सदनमै रवि लामिछानेको कर्तुत पोलेपछि रास्वपा सांसदले वितण्डा मच्चाए, ढाकछोप गर्न न्वारनदेखिको बल लगाए

1 week ago
चीनमा बढे बेरोजगार
अन्तराष्ट्रिय

चीनमा बढे बेरोजगार

4 weeks ago
अमेरिकन डिभीको रिजल्ट आज आउँदै
अन्तराष्ट्रिय

अमेरिकन डिभीको रिजल्ट आज आउँदै

4 weeks ago
दिगो विकास लक्ष्य प्राप्ति र सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका प्रभावकारी: सचिव डा रेग्मी
पत्र-पत्रिका

दिगो विकास लक्ष्य प्राप्ति र सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका प्रभावकारी: सचिव डा रेग्मी

2 months ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि