काठमाडौं । बेलायती राजा चार्ल्स द्वितीयलाई अण्डा प्रहार गरेका आशंकामा एक व्यक्ति पक्राउपछि रिहा भएका छन् । बेलायती प्रहरीले एक सार्वजनिक कार्यक्रममा राजा चार्ल्स द्वितीयलाई अण्डा फ्याँकेको आशंकामा एक २० वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
एक महिनाअघि उत्तरी बेलायतस्थित योर्कको भ्रमणको क्रममा राजा चाल्र्स अण्डा प्रहारबाट मुश्किलले बचेका थिए । ७४ वर्षीय राजा चार्ल्स सामुदायिक नेताहरू र स्वैच्छिक संस्थाहरूलाई भेट्न, नयाँ सिख मन्दिर उद्दघाटन गर्न र नयाँ सार्वजनिक यातायात प्रणालीको भ्रमण गर्न लुटन गएका थिए थिए ।
नोभेम्बर ९ मा योर्कमा, ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजाले होइन’ भनेर चिच्याउँदै एक व्यक्तिले चार्ल्स र रानी कन्सोर्ट क्यामिलालाई अण्डा फालेका थिए । अभियुक्त पछि धरौटीमा रिहा भएका थिए ।
तपाईको प्रतिक्रिया