काठमाडौं । भारतीय परराष्ट्र मन्त्रालयले शान्तिका अग्रदुत गौतम वुद्धको जन्म नेपालको लुम्बिनीमा भएकोमा कुनै शंका नभएको स्पष्ट पारेको छ ।
शनिबार भारतिय उद्योग परिसंघमा भारतीय परराष्ट्रमन्त्री एस। जयशंकरले गरेको टिप्पणी गौतम वुद्धको साझा विरासतमा आधारित रहेको भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले गौतम वुद्धको जन्म नेपालकै लुम्बिनीमा भएकोमा कुनै शंका नभएको उल्लेख गरेका हुन् र
नेपाली मिडियाहरुमा गौतम वुद्ध भारतमा जन्मेको टिप्पणी भन्दै ठूलो हंगामा भएपछि भारतीय परराष्ट्रमन्त्रालयले आइतबार गौतम वुद्ध नेपालमै जन्मिएको र साझा आस्थाका रुपमा परराष्ट्र मन्त्रीले उक्त सम्मानजनक टिप्पणी गरेको स्पष्ट पारेको हो ।
तपाईको प्रतिक्रिया