काठमाडौं । पछिल्लो समय नेपालको भु-भागलाई लिएर भारतीय मिडियाले निकै चासो दिएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकको स्वामित्वलाई लिएर नेपाल–भारतबीच विवाद भइरहेका बेला चीनले सो क्षेत्रमा अतिरिक्त सैनिक खटाएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।
चीनले त्यस क्षेत्रमा एक सय ५० लाइट कम्बाइन आम्र्ड ब्रिगेड खटाएको र उनीहरू दुई साताअघि तिब्बतबाट लिपुलेकतर्फ प्रस्थान गरेको उनीहरूले बताएका छन् ।
चीनले लिपुलेक क्षेत्रमा सैनिक संख्या बढाउनुभन्दा पहिले नेपाली नेतृत्वलाई विश्वासमा लिएको र नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट गरेको भारतीय सञ्चारमाध्यम बिजनेस इन्साइडरले दाबी गरेको छ ।
मिडिया रिपोर्टमा लिपुलेक सीमा क्षेत्रमा चिनियाँ सैनिक खटाएको दाबी गरिए पनि नेपाली सरकारी निकायले भने यसमा अनविज्ञता व्यक्त गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले नेपालको सीमा लिपुलेक नजिक चीनले अतिरिक्त सैनिक खटाएको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया