एजेन्सी -बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन आनेज कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । कोरोनाबाट सङ्क्रमित हुनुहुने उहाँ ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुनुहुन्छ ।
सीएनएनका अनुसार आनेजले आफ्नो ट्वीटर हयाण्डलबाट आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको र १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने जानकारी गराउनुभएको छ । ट्वीटरमा एक भिडियो साझा गर्नुहुँदै उहाँले कार्यालयका केही सदस्यहरूमा सङ्क्रमणको पुष्टि भएपछि आफूले पनि परीक्षण गराएकोमा सङ्क्रमण फेला परेको जानकारी दिनुभएको हो ।
पछिल्ला दिनमा बोलिभिया सरकारका चार जना शीर्ष अधिकारीहरूमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
तपाईको प्रतिक्रिया