काठमाडौं । विश्वभर फैलिएको महामारी कोरोना भाइरसबाट १ करोड ३० लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९४ हजार ३८४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।
सोमबार बिहान यो समाचार तयार पार्दासम्म वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९५२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७१ हजार ७६ पुगेको छ ।
एकै दिन १ लाख २ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७५ लाख ७५ हजार ५२३ संक्रमितमध्ये १ लाख २ हजार ६१० जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।
तपाईको प्रतिक्रिया