काठमाडौं / विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट १ करोड ३२ लाख बढी मानिस संक्रमित भएका छन् ।
मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९५ हजार ८५७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७३१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार नाघेको छ ।
एकै दिन १ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७६ लाख ९१ हजार ४५१ संक्रमितमध्ये १ लाख १४ हजार २३२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।
तपाईको प्रतिक्रिया