कैलाली । कैलाली जिल्लाको एकीकृत समाजबादी पार्टीका प्रदेश कमिटी सदस्य जंग बोगटी जिल्ला सचीवालय सदस्य तथा घोडाघोडी नगर कमिटीका इन्चार्ज मेघ साउद ,जिल्ला कमिटी सदस्य गोबिन्द बुढा ,बिर्ख बुढा,भुमिजैशी सन्तोष कठायत राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा जिल्ला उपाध्यक्ष अमित बोगटी लगायत १५० जनाले पार्टी परित्याग गरेका छन् ।
कैलाली जिल्लाको निर्वाचन क्षेत्रको ३ को ख बाट नगर कमिटीले तीन जनाको नाम सिफारिस गरेर र जिल्ला कमिटीले तीन जनाको नाम सिफारिस गरि प्रदेश कमिटीलाई बुझाएको थियो ।
पार्टी नेतृत्वले टिकट बितरणमा जनताको भावनामा समेत खेलबाड गरेको मेघ साउदले बताए ।
पार्टी नेतृत्वले जनताको भावना भन्दा पनि कमिसन र आर्थिक प्रलोभनमा परि अवसरबादीलाई टिकट दिएको आरोप लगाएका छन् ।
प्रदेश कमिटी पनि अहिले आर्थिक प्रलोभनमा रहि टिकट बितरणमा समेत आर्थिक चलखेल गरि इमानदार कार्यकर्तालाई पाखा लगाउने काम गर्दै गरेको छ । नेकपा एस परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएको । मेघ साउदले बताएका छन् ।
तपाईको प्रतिक्रिया