बनाई विभिन्न परियोजना अलपत्र पारेको छ । नेपाल सरकारलाई म्याद थप गर्न अनुरोध गर्दा नेपाललाई आर्थिक भार थपिदै गएको छ । चीनद्वारा निर्माणधीन नागढुङ्गा सुरुङको समाप्तिको अवधि बढेर आगामी श्रावण महिना सम्म तन्किएको छ । आसन्न बैशाख भित्रै सम्पन्न हुने यश प्रोजेक्टको गति यसरी ढिला हुँदै जादा जनता प्रती नैसाग्य बढाएको छ ।
नेपालमा मात्र नभएर सन्सारका अन्य देशहरूमा पनि चिनको ठेक्का लिएका ती प्रोजेक्ट , सरम्चनाहरु समयमा पुर्ण नगरेको अनेकौं उदाहरणहरु छ्न । यसरी समयमा काम सम्पन्न नहुदा ट्राफिक ब्यवस्थापन देखि कर्जा भारमा पनि समस्या हुने देखिएको छ । हाल सम्म सामान्य मात्र कार्य सम्पन्न भएको यश प्रोजेक्ट कसरी श्रावण महिना भित्र सम्पन्न होला भन्ने चासोको विषय बनेको छ । सरकारले उच्च महत्व दिएको नागढुङ्गा सुरुङ मार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ ।
गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथा जग्गा प्राप्तिको समस्या पूर्ण रूपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना समय लाग्ने देखिएको छ ।
आगामी वर्ष साउनमा अवधि सकिने भए पनि त्यति बेलासम्म निर्माण पूरा हुन गाह्रो हुने देखिएको हो । पछिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण निर्माण नियमित रूपमा हुनसकेको छैन भन्ने बहाना अनि छ । दुई किलोमिटर छ सय ८८ मिटर लम्बाइको सुरुङ मार्ग हालसम्म एक किमी सात सय ११ मिटर निर्माण सकिएको श्रोतले जनाएको हो । पूर्वतर्फबाट आठ सय ३२ मिटर र पश्चिमतर्फबाट आठ सय ७८ मिटर निर्माण सकिएको छ ।
सुरुङको निष्कासन दुई किलोमिटर पाँच सय ५७ किलोमिटर निर्माण गर्नुपर्नेमा हालसम्म एक किमी नौ सय ४८ मिटर मात्र सकिएको छ । यसरी परियोजनाको समय लाग्ने भएकोले आर्थिक थप्ने भएको छ । चिनले नेपाल रहेका परियोजनाहरु समयभित्र सम्पन्न गर्न भन्दा राजनीतिक दल आफ्नो अनुकूल भए कामलाई अलि अलि मात्र बिस्तार गर्ने गरेको देखिएको हो । नेपाली जनतालाई पनि आर्थिक भारमा मार परिरहेको छ ।
तपाईको प्रतिक्रिया