Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

साउदीमा प्रधानमन्त्री ओलीको विरोध ! ‘केपी ओली देश छोड्’ भन्दै नाराबाजी


साउदीमा प्रधानमन्त्री ओलीको विरोध ! ‘केपी ओली देश छोड्’ भन्दै नाराबाजी

कम्पनीले दूतावासलाई देखाउने र दूतावासले कम्पनीलाई देखाउने गर्दा अलपत्र परे नेपालीहरु 

काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनी परिसरमा आइतबार नेपाली श्रमिकले  नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन् ।

कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प्रदर्शन गरे ।

नेपाली कामदारले सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखे । कम्पनीले नेपालकै दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकेको जानकारी दियो ।

महिनौंदेखि विमान कुरिरहेका उनीहरु मंगलबार (आज) नेपाल उड्ने मिति तय भएको थियो । तत्कालै आफूहरु स्वदेश जान नपाउने अवस्था देखेपछि उनीहरु थप आक्रोशित हुन पुगे ।

त्यसपछि लाग्यो, ‘केपी .., देश छोड’ देखि ‘नेपाली दूतावास खारेज गर’ को नारा । उनीहरुले सरकार र दूतावासलाई नाराबाटै ‘मूर्दावाद’सम्म भने ।

उनीहरुले गरेको नाराबाजीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कम्पनीमा महिनौंदेखि काम नपाएर अलपत्र परेका उनीहरुलाई नेपाल फर्किन पाउने आश्वासन पाएको करिब ७ महिना भयो ।

सरकारले अहिले केही गन्तव्यबाट सीमित मात्र नियमित उडान खोलेको छ । तर, कोरोना संक्रमण जाँच्न पीसीआर परीक्षण सहज नभएको भन्दै साउदीसहितका केही खाडी मुलुकमा चार्टर्ड उडान मात्रै गरिरहेको छ । तर, चार्टर्ड उडानको संख्या यति थोरै छ कि अलपत्र हजारौं नेपाली कहिले घर फर्किन पाउँछन् भन्ने टुंगो छैन ।

कतिपय कम्पनीले श्रमिकलाई नेपालबाट जाने चार्टर्ड उडानकै टिकट काटिदिएका छन् कतिपयले आफैंले चार्टर्ड उडान गर्न नेपालसँग अनुमति मागिरहेका छन् । कतिपय कम्पनीले श्रमिकलाई आफ्नै खर्चमा जान भनेका छन् । कति नेपाली श्रमिक टिकट खर्च नभएर अलपत्र छन् ।

नाराबाजी भएको साउदीको सेमास्को कम्पनीमा करिब १० हजार नेपाली काम गर्छन् भने त्यसमध्ये करिब ८ सय कामविहीन भएका छन् ।

अलपत्रमध्ये केहीलाई फर्काउने गरी कम्पनीले शुक्रबार सेप्टेम्बर ८ तारेख (आज) को उडानका लागि टिकट बापतको पैसा बैंकिङ च्यानलमार्फत नेपाल एयरलाइन्सको खातामा  पठाउन खोजेको थियो ।

मंगलबारसम्म बैंकिङ च्यानलबाट सो रकम जम्मा हुन नसक्ने देखिएपछि दूतावासले कम्पनीलाई अरु विकल्पमा जान भनेको थियो । तर, झन्झट हुने भन्दै कम्पनी तयार भएन ।

र, कम्पनीले दूतावासका कारण नेपाली श्रमिक फर्काउन समस्या भएको ब्यहोराको सूचना टाँसिदियो । आफूहरु फर्किन तय भएको उडानमा जान नपाउने देखेपछि श्रमिकले धैर्यता गुमाउन पुगे ।

रोजगारी गुमाएपछि त्यहाँ कामदारहरु महामारीको बीचमा पनि कम्पनीले राखेको सिंगो हलमा कोचाकोच गरेर बस्न बाध्य छन् । कम्पनीले दूतावासलाई देखाउने र दूतावासले कम्पनीलाई देखाउने गर्दा आफूहरु घर फर्किनबाट बञ्चित भएकोमा उनीहरुको चित्त दुखाई छ ।

आफैंले खर्च गरेर फर्किने व्यवस्था गरिरिदन आग्रह गर्दासमेत बेवास्ता गरिएको प्रदर्शनमा सहभागी एक श्रमिकले बताए ।

साउदीस्थित नेपाली दूतावासका राजदूत महेन्द्रप्रसाद सिंह राजपुत यो समस्या समाधान भइसकेको दावी गर्छन् । सेप्टेम्बर ८ तारिक (आज)मा उड्न नपाएकाहरुलाई १८ तारेखको उडानमा नेपाल पठाउने उनले बताए ।

‘फर्किन तयार भएको दिनमा उड्न नपाइने भनेपछि युवाहरु आक्रोशमा आउनु स्वाभाविक थियो, यसमा कुनै राजनीतिक उद्देश्य थिएन, अलिकति कम्पनीले पनि बदमासी गर्‍यो,’ राजदूत राजपुतले भने,‘एयरलाइन्सको पैसा जम्मा गर्न मनी ट्रान्सफर गर्दा समस्या हुने कुरा नखुलाई सूचना टाँस्दा दूतावासप्रति रिस पोखियो ।’

साउदीमा अझै १२ हजारभन्दा बढी श्रमिक फर्किनका लागि विमान कुरिरहेका छन् । तर, त्यहाँबाट श्रमिकलाई फर्किन सहज अवस्था देखिएको छैन ।

सरकारले साउदीमा पीसीआर परीक्षण गर्न सम्भव नभएको कारण देखाएर नियमित उडान पनि खोलेको छैन । चार्टर्ड उडानको संख्या पनि पातलो छ । जसले गर्दा साउदीमा अलपत्र नेपालीहरु अब स्वतःस्फुर्त रुपमा आन्दोलित हुन थालेका छन् ।

राजदूत राजपुत भने फर्किन चाहनेको संख्या धेरै भएको र उडान सीमित रहेका कारण असन्तुष्टि देखिने गरेको बताउँछन् ।

तर, यस्ता विषयमा साउदी सरकारका अधिकारीहरुले पनि चासो देखाएको र नेपाली श्रमिकलाई समस्या पर्न नदिन दूतावासले सबै प्रकारका उपाय अबलम्बन गरेको राजपुतको दावी छ ।

लेबनानको उही कथा

लेबनानमा अलपत्र परेका नेपालीको पनि दुःख उस्तै छ । उनीहरु पनि अब एकजुट भएर सरकारविरुद्ध बोल्न थालेका छन् ।

लेबनानमा सरकारले चार्टर्ड उडान पठाएको छैन । लेबनानको बेरुतमा भएको विष्फोटपछि त्यहाँ अलपत्र पर्ने नेपालीको संख्या बढेको छ ।

कोभिड–१९ले असर पारिरहेका बेला बेरुतको विस्फोटले व्यवसायमा पनि क्षति पुगेको भन्दै पछि रोजगारदाताले कामदार कटौती गरिरहेका छन् । स्थानीयका घरमा घरेलु श्रमिक रहेका कतिपय महिलाहरुलाई पनि उनीहरुले आवश्यक व्यवस्था गरेर फर्किन भनिसकेका छन् ।

केही महिला विस्फोटको घटनामा परेर घाइते भएर नेपाल फर्किन खोजिरहेका छन् । तर, त्यहाँ नेपाल सरकारले जहाज पठाउने व्यवस्थै गरेको छैन  ।

पटक–पटक माग गर्दा पनि सरकारले कानमा तेल हालेर बसेको भन्दै अलपत्र श्रमिकले संयुक्त रुपमा आवाज उठाउन थालेका छन् । उनीहरु एक ठाउँमा जम्मा भएर स्थानीय सञ्चारमाध्यममा नै यसबारे बोलेका छन् ।

त्यहाँका सञ्चार माध्यमसँग करिब ५० जनाले टिकट काटिसकेको बताएका छन् । लेबनानबाट कतार एयरवेजले चार्टर्ड उडानको प्रयास गरेको थियो । तर, नेपाल सरकारले अनुमति नदिएपछि नेपाली श्रमिकहरु अलपत्र परेका छन् ।

‘यहाँ श्रमिकहरु सरकार नै नभएको देशको मान्छे जस्ता भइसके, अरु देशले यहाँ विस्फोटपछि आफ्ना प्रभावित नागरिक लिएर गइसके, हाम्रो सरकारसँग गुहार माग्दा माग्दा थाक्ने अवस्था आयो,’ लेबनानबाट सुदीप श्रेष्ठले भने ।

लेबनानको समस्यालाई कुटनीतिक रुपमा इजिप्टमा रहेको नेपाली दूतावासले हेर्छ । तर, इजिप्टमा रहेको दूतावासले आफूहरुको समस्या नसुनेको श्रेष्ठ बताउँछन् ।

कतार, यूएई र कुवेतमा पनि दुःख

कतारमा पनि अलपत्र नेपालीहरुको संख्या सानो छैन । अझै १२ हजारकै हाराहारीमा कतारबाट फर्किन चाहने नेपालीहरु छन् ।

समस्या आएका कतिपय कम्पनी आफैं श्रमिक फर्काउन विमान चार्टर्ड गर्न खोजेका छन् । दूतावास स्रोतमा अनुसार कम्पास र यू–यूनाइटेड एलएसले चार्टर्ड उडानमार्फत नेपालसम्म आफैंले श्रमिक ल्याइदिन अनुमति मागेका हुन् । यू-यूनाइटेड एलएसले १०१ र कम्पनीले १५० भन्दा बढी नेपालीलाई फर्काउन खोजेको छ ।

कतारस्थित नेपाली दूतावासका राजदूत नारदनाथ भारद्वाज अन्तर मन्त्रालय समन्वय अभावका कारण श्रमिक सहजै फर्किन पाउने अवस्थामा पनि अनुमति प्राप्त गर्न गाह्रो भएको बताउँछन् ।

सरकारले दैनिक ८ सय मात्रै यात्रु विदेशबाट फर्काउने नीति लिएकाले पनि समस्या भएको उनको भनाइ छ । ‘हामीले जुन गम्भीरताका साथ समस्याहरु जानकारी गराएका हुन्छौं, त्यसअनुसार सम्बोधन हुँदैन,’ उनी भन्छन्, ‘त्यसका कारण यहाँ श्रमिकहरुले दुःख पाइरहनुभएको छ ।’

राजदूत भारद्वाजले बेखर्ची रहेका श्रमिकलाई टिकट काट्न जान पनि सास्ती रहेको भन्दै सरकारले श्रमिकका समस्यालाई हलुका रुपमा लिन नहुने बताउँछन् ।

‘टिकट काट्न जाँदा आउँदा पनि ट्याक्सीमा उहाँहरुको ठूलो रकम खर्च हुन्छ, यहाँको गर्मीमा बाहिर निस्कन गाह्रो छ,’ उनी भन्छन्,‘कतिपय श्रमिक साँच्चिकै पीडामा हुनुहुन्छ, अहिलेसम्म यहाँ हुलहुज्जत हुने अवस्था आउन दिएका छैनौं ।’

कतारमात्रै हैन, दुबईबाट पनि विभिन्न कम्पनीले नेपाली फर्काइदिन चार्टर्ड उडान मागेका छन् । यूएईस्थिथित नेपाली राजदूत कृष्णप्रसाद ढकाल सरकारलाई विभिन्न कम्पनीबाट प्राप्त त्यस्ता प्रस्ताव अनुमतिका लागि पठाएको बताउँछन् ।

‘हामीलाई विश्वास छ कि कम्पनीले आफ्नै खर्चमा लगिदिने चार्टर्ड उडानले अनुमति पाउनेछन्,’ उनले भने । यूएईबाट अझै ३५ हजार नेपाली फर्किन चाहनेको सूचीमा छन् ।

कुवेतमा पनि अझै ४ हजार नेपाली घर फर्किने सूचीमा छन् । कुवेतबाट अगस्ट महिनामा एउटा मात्रै चार्टर्ड उडान भयो । त्यसका कारण अलपत्र परेकाहरु सकसमा थिए । सेप्टेम्बर महिना सुरु भएपछि केही उडान भएका छन् ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार सेप्टेम्बर १३ पछि उडानको संख्या बढ्नेछ । ‘अघिल्लो महिनामा खासै उडान भएन, त्यसले गर्दा कतिपयलाई समस्या भयो,’ उनी भन्छन्,‘अब क्रमैसँग समस्यामा परेकालाई पठाउँछौं ।’- अनलाइन खबर

Tags: अलपत्र नेपाली सरकारको विरोध गर्दै

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन
पहरा विशेष

नेपालको हिमाली क्षेत्रपछी तराईतिर आँखा लाउदै चीन

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
पहरा विशेष

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

1 week ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

5 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

6 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

6 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

13 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि