Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नेपाल प्रवेश गरेका सलहका झुन्ड हराए, चिसोले मरेको हुन सक्‍ने विज्ञहरुको अनुमान


नेपाल प्रवेश गरेका सलहका झुन्ड हराए, चिसोले मरेको हुन सक्‍ने विज्ञहरुको अनुमान

काठमाडौं /  भारतबाट नेपाल प्रवेश गरेको सलहको झुन्ड हराउँदै गएको प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । करिब ८० लाखको संख्यामा सलह नेपाल प्रवेश गरेको थियो ।

सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले दुई दिनयता सलहका झुन्डहरु नदेखिएको बताए । उनले भने,’दुई दिनयता उडेका छैनन् । झुन्ड टुक्रिएर तितरवितर भए । लेकतिर लागेकाका मरे र केही हराएर गए । ‘

उनले नेपालमा प्रवेश गरेका सलहको झुन्डलाई अनुकूल वातवरण नभएकाले पनि हराएको बताए । सलहका केही झुन्डहरु उच्च हिमाली क्षेत्रमा पनि गएका थिए । चिसो क्षेत्रमा सलह बाँच्‍न सक्दैन । सुवेदीले भने,’लेकतिर गएका सलहहरु बाँच्‍नै सक्दैनन् । केही मरे र केही निस्क्रिए भए । ‘ कम तापक्रम भएकै कारण हिमाली जिल्लाहरुमा पुगेका सलह मरेको हुन सक्ने उनले बताए ।

नेपाल प्रवेश गरेका झुन्ड कहाँ हराए ?

किट विज्ञहरुले नेपालभित्र फैलिएका सलहका झुन्डहरुबाट टुक्रिँदै समूहमा फैलिएर विभिन्‍न जिल्लामा पुगेको थियो । मुलुकका ५५ वटा जिल्लाहरुमा सलहको उपस्थिती देखिएपनि झुन्डहरु २७ जिल्लामा मात्र देखिएका थिए । झुन्डहरु टुक्रिएर समूह हुँदै सिमित संख्यामा गन्‍न सकिने गरी जिल्लाहरु पुगेको थियो । रुकुम,कालीकोट,बाग्लुङ,मुस्ताङ,जाजरकोटमा देखिएका सलह चिसो भएकाले मरेको हुन सक्‍ने विज्ञहरुले अनुमान गरेका छन् ।

पहाडी जिल्लामा पुगेको झुन्डलाई बस्‍ने उपयु्क्त वातावरण नहुँदा त्यही निस्क्रिय भएको हुनसक्‍ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह अध्ययन गर्न गठन गरेको कार्यदलका विज्ञ सदस्य सुनिल अर्यालले कान्तिपुरलाई बताए । झुन्ड टुक्रिएर धेरै ठाउँमा फैलिएकाले खतरा नहुने उनले बताए । उनले भने,’दुई दिनसम्म कतै पनि उडेको देखिएको छैन । अझ एकदुई दिन हेरौं । ‘

सलह सूचना केन्द्रका प्रमुख सुवेदीले केही दिनयता निरन्तर रुपमा पानी परिरहेकाले पनि सलह फैलन नसकेको बताए । उनले सतर्क भएर भने बस्‍नुपर्ने बताए । पानी परेर निस्क्रिय भएको र खान नपाउँदा सलह कक्रक्कै परेको अनुमान विज्ञहरुले बताए ।

१६ सयदेखि १८ सय मिटर उचाईसम्म उड्न सक्ने सलह हावाको चापसँगै हिमाली क्षेत्रमा पुगेको थियो । हावाको बहावसँगै खोलाको खोंचै खोंच हिमाली जिल्लामा पुगेपनि तापक्रम र वातवराण अनूकल नहुँदा त्यही मरेको अनुमान विज्ञहरुले गरेका छन् । १५ डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा सलह नबाँच्‍ने भएकाले उच्च हिमाली क्षेत्रमा पुगेका सलह मरेको हुनुपर्ने अर्यालको अनुमान छ ।

२२ डिग्रीभन्दा कम तापक्रम भएको क्षेत्रमा सलह कक्रक्कै हुन्छन् । किट विज्ञ अर्यालले भने,’सलहलाई ३० देखि ४० डिग्री तापक्रम उपयु्क्त हो । २२ डिग्रीभन्दा कम भयो भने यो बसेको ठाउँबाट ठसमस हुन सक्दैन ।’

चिसो क्षेत्रमा सलह मात्रै नभएर अन्य किराहरु निस्क्रिय हुने स्‍वभावका हुन्छन् । किट विज्ञ अर्यालले भने,’कतिपय किराहरु चिसो क्षेत्रमा एक्टिभीटी गर्न सक्दैनन् । सलहको थ्रेस होल्ड तापक्रम नै १५ डिग्री सेल्सियस हो । संख्या कम भएकाले मर्न सक्छन् ।’ मरुभूमिमा सलह ५२ डिग्री तापक्रमसम्म बाँचेको रेकर्ड छ ।

वयस्क भएपछि सलहको आयु पनि एकडेढ महिना मात्रै हुने प्राविधिक कार्यदलका संयोजक शहदेव हुमागाईंले बताए । उनले भने,’यिनीहरुको आयु पनि एक डेढ महिनाको हुन्छ । वातावरण पनि अनुकूल नभएपछि यिनीहरुको आयु झन् घट्दै जान्छ र खानेकुरा नपाउँदा कमजोर भएर त्यतिकै मर्छन् ।’

क्षति कम तर सचेत हुन जरुरी

किट विज्ञहरुले अनुमान गरे बमोजिम नै नेपालमा सलहले कम क्षति गरेको बताएका छन् । उनीहरुले नेपाल सलहका लागि उपयु्क्त वातावरण पनि नभएको,मनसुनी प्रभाव र पहाडी क्षेत्रहरु धेरै भएकाले त्यति क्षति नगरेको बताए । यो किराले दाङ, प्यूठान, मकवानपुर,अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रले करिब ११ सय १८ हेक्टरमा क्षति पुर्‍याएको जनाएको छ । मुख्यतः मकै, तरकारी, फलफूल र भटमास क्षति पुर्याएपनि पुरै बाली सखाप नपारेको केन्द्रका सूचना अधिकारी समेत रहेका किट विज्ञ रामकृष्ण सुवेदीले बताए ।

उनले भने,’तराई तिर मात्रै बसेको भए धेरै क्षति गर्थ्यो होला तर पहाडतिर लागेपछि टुक्रिएर सामान्य झुन्डहरुले बाली खाए तर सखापै भने पारेका छैनन् ।’ पहाडमा पुगेका झुन्डहरु जंगल क्षेत्रमा बसेकाले पनि त्यति धेरै क्षति नभएको विज्ञहरुको भनाइ छ । नेपालभित्र प्रवेश गरेका सलहहरुले अब धेरै क्षति नगर्ने र जति गरे त्यति नै रहेको विज्ञहरुले बताए । झुन्ड धेरै ठाउँमा टुक्रिदै समूहमा पुगेपछि क्षति पनि कम हुने सुवेदीले बताए ।

यस्तै सलह भारतबाट नेपाल प्रवेश गर्ला भन्‍न नसकिने र आएपनि सतर्क हुनुपर्ने अर्यालले बताए । अर्यालका अनुसार नेपालबाट सलहको सबैभन्दा नजिकको झुन्ड भैरहवादेखि ५७८ किलोमिटर टाढा छ ।

Tags: सलह

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

1 week ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि