Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

`ओली–प्रचण्ड´ फुट्न पनि नसक्ने र जुट्न पनि नसक्ने अवस्थामा


बालुवाटारमा अध्यक्षद्वय ओली- प्रचण्डबीच छलफल सुरु

काठमाडौं । सत्तासीन नेकपाको स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि भन्दै फेरि स्थगित भएको छ । भालि २६ गते  शुक्रबार विहान ११ बजे बस्ने गरि हिजो निर्धारित बैठक पनि स्थगित भएको हो । सोमबार र मंगलबार अध्यक्षद्धय केपी ओली र प्रचण्डले एक्लाएक्लै छलफल गरेपछि स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति भएको थियो । तर, अन्तिममा आएर बैठक स्थगित गरिएको छ।

ओली र प्रचण्डबीच विगत केही दिनयता एक्ला एक्लै गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको  भन्दै बैठकको मिति पटक पटक सार्ने काम भैरहेको छ । यो अवस्थाले पार्टी भित्रको बैचारिक र सांगठानिक अवस्था लथालिंग भैरहेको भन्दै तल्लो तहका कार्यकर्ता पंक्तिमा निराशा बढाएको छ ।

बिश्वस्त स्रोतले जनाए अनुसार दुवै अध्यक्षले छलफल गर्दै टुंगो नलागेका बिषयहरुलाई  स्थायी कमिटीबाटै टुंगो लगाउने सहमति बनाउने गरेका छन् । तर प्रधानमंत्री ओलीले स्थायी कमिटीमा आफ्नो बहुमत नहुने स्थिति देखेर बैठक स्थगित गर्दै आएका छन् । हिजो पनि स्थगितले नै निरन्तरता पाएको छ । हिजो बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक अगावै अध्यक्षद्वयबीच  ‘वान टु वान’ छलफल हुने समझदारी भएको जनाइएपनि अध्यक्षहरुको बैठक नबसेरै एकाएक स्थायी कमिटी बैठक स्थगित भएको हो ।

 प्रधानमन्त्री केपी ओलीले कुनै हालतमा सत्ता नछाड्ने अडान लिएपछि उनका विरोधी समूह गल्दै गएका छन् । ओलीले पार्टी विभाजनसम्मको निर्णय लिनसक्ने देखेर त्रसित बनेको विरोधी समुह अब केही पाइला पछि सरेर भएपनि ओलीसँग सहमतिको प्रयास गर्न अग्रसर भएका छन् । ओलीले संकटकाल लगाएर आफूहरुलाई थुन्न पनि सक्ने त्रासमा प्रचण्ड र माधव नेपालले ओली बिरुद्द कडा कदम चाल्न नसक्ने अवस्था देखिएको छ । प्रचण्ड माआवादी शिविरमा भएको आर्थिक अनियमिततामा तानिने त्रासमा छन् भने माधव नेपाल बाल्वाटार जग्गा प्रकरणमा तानिन सक्ने बलियो सम्भावना रहेको छ । आफ्ना बिराधीहरुका कमजोरीलाई अंकूश लगाएर बसिरहेका ओलीले सबै बिकल्पहरु आफू अनुकूल बनाएर मात्र स्थायी कमिटी बैठक बसाल्ने सोचाई बनाएको देखिन्छ ।

यता उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल नियमित जसो बैठक बसेर सहमतिको विकल्प खोज्न सक्रिय भएको बुझिएको छ । दुवै नेता कुनै हालतमा पार्टी फुट्न दिन नहुने पक्षमा रहेका छन् । ओलीलाई तत्काल प्रधानमन्त्रीबाट हटाउन कानुनी जटिलताहरु पनि रहेको निष्कर्षमा यी दुबै नेताहरु पुगेका छन् ।  । ओलीले राजीनामा दिएमा बाहेक हटाउन सकिने अवस्था चुनौतीपूर्ण हुने निष्कर्षमा नेताहरु पुगेका छन् । ओलीको हठका अगाडि सम्पूर्ण पार्टी नै बन्धक बन्ने अवस्था बिकसित भएको छ । यस्तो अवस्था आउनुमा राष्ट्रपति बिद्या भण्डारी पनि प्रधानमंत्रीकै पक्षमा प्रस्तुत हुने भएकाले बिकससित भएको हो । प्रधानमंत्री ओलीलाई अविश्वासको प्रस्तावले मात्र हटाउन सकिने अवस्था भएको तर बिरोधीहरुले त्यो हिम्मत गर्न सकिरहेका छैनन् । त्यस्तो जोखिम उठाईएमा सत्तासीन नेकपामा एकले अर्कालाई सिध्याउनेसम्मको प्रतिष्पर्धा बिकसित हुने खतरा पनि देखिएको छ । 

ओलीले  पार्टी फुटाउने सम्मको जोखिम मोल्न पनि तयारी गरिरहेको देखिन्छ । अध्यादेश ल्याएर भएपनि अगाडि बढ्ने संकेत ओलीले गरिसकेका छन् । अध्यादेश बाहेकको अवस्थामा नेकपा फुट्ने मार्ग देखिदैन । यसमा संवैधानिक र कानुनी जटिलता रहेकाले मात्र ओली खुम्चिएका छन् ।  त्यसैले नै ओलीले संसदको बैठकसमेत स्थगित गरेर आफ्ना लागि बाटो सफा बनाएका छन् । बिकल्पका लागि ओलीले नेकपा एमाले नामको पार्टी दर्ता समेत गरिसकेका छन् । प्रचण्ड या अन्य कुनै नेताले चाहेर पनि नेकपा फुटाउन सक्ने अवस्था छैन । किनभने राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी एकीकरणको पाँच वर्ष पुरा नभई फुटाउन नपाइने उल्लेख छ । नेकपा एकीकरण भएको दुई वर्ष मात्र पुरा भएको अवस्था छ ।

-जनधारणा साप्ताहिक




Tags: ओलीनेकपाप्रचण्डप्रधानमन्त्री

तपाईको प्रतिक्रिया

Related Posts

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

1 day ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

2 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

6 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 week ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

1 week ago

ताजा समाचार

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

1 day ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

2 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

6 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 week ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि