दार्चुला । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले शनिवार संसद् विघटनको विरोधमा दार्चुला सहित देशभर प्रदर्शन गरेका छन् । शुभेच्छुक संस्थाहरूले संयुक्तरुपमा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका हुन् । यसअघि काँग्रेसका भातृसङ्गठनहरूले प्रतिनिधिसभा विघटनको विरोधमा माघ १९ गते देशभर विरोध प्रदर्शन गरेका थिए ।
सरकार देशमा भएका समस्याहरूप्रति गैर जिम्मेवार र संवैधानिक र विधिको शासनप्रति संवेदनशील र उत्तरदायी नभएको उनीहरूको ठहर छ । माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो । सोहीअनुसार शनिबार शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि देशभर यसको विरोधमा काँग्रेसले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ । शनिवार हात—हातमा प्लेकार्ड बोकेका शुभेच्छुक संस्थाहरुले दार्चुलाको खलंगा बजार टेलिकम अगाडी मौन रुपमा मर्यादित ढंगले सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।
तपाईको प्रतिक्रिया