- 5Shares
राजन कुमार बानिया पर्सा । भारतको सिमासंग जोडिएको पर्साको ग्रामिण भेगमा पर्ने जानकीटोला दस्वता र पाण्डेपुर नाकाबाट प्रहरीकै मिलोमतोमा दैनिक लाखौं बराबरको अबैध कारोबार भईरहेको छ । सशस्त्र प्रहरी भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किशमान तामाङ र जान्किटोला का ईन्चार्ज प्रहरी नायब निरिक्षक (सई) बसन्त थापा र पाण्डेपुर का असई भिखारी यादव ले दैनिक हजारौ नजराना बुझी दैनिक लाखौं मूल्य बराबरको अबैध कारोबार गराई रहेको पाईएको छ ।
नेपालको आर्थिक एंव औधोगिक नगरी समेत रहेको वीरगंज भन्सारबाट करिब ७० प्रतिशत राज्सव उठेपछि मुलुकको अर्थव्यवस्था चले पनि पर्साको ग्रामिण भेगमा पर्ने सो नाकाबाट पहुचको दम्भ देखाउँदै दैनिक लाखौं मूल्य बराबरको अबैध कारोबार गराई रहेका छन।कोरोना कहरका कारण सरकारले नेपाल भारत सीमा सिल गरेको भए पनि सीमावर्ती क्षेत्र जान्किटोला दस्वता र पाण्डेपुरमानिस हरु आवतजावत साथै तस्करी धन्दा पनि मौलाएको छ ।
प्रदेश २ का घुमुवा प्रहरी र वीरगंज भन्सार क्षेत्रमा तैनाथ प्रहरी प्रशासनले केही हदसम्म कडाई गरेपछि तस्करको सेंटिङ्गमा जानकीटोला दस्वता र पाण्डेपुरनाकाबाट दैनिक लाखौं मूल्य बराबरको लागु औषध, पेट्रोलियम पद्धार्थ, मरिच, कुखुराको चल्ला, मटर, लता कपडा, हार्डवेयर लगायतका सामान जानकीटोला दस्वता पाण्डेपुर बाट तस्करी भईरहेको छ। इनार्वाका कुखियात कुखुरा तस्कर षेशनाथ साह ,संग प्रहरी प्रमुख हरु ले सेटिङ्ग मिलाई नेपाल भित्रियाउन सघाउने गरेको स्थानीय तथा त्यसक्षेत्रमा कारोबार गर्ने केही व्यापारीहरुले बताएका छन् ।
उनीहरुका अनुसार शेषनाथ ले नै कुखुराहरुको सानादेखी ठुला तस्करको जिम्मा लिई स्थानिय प्रहरी प्रमुख हरु संग मिलोमतोमा कारोबार गराई रहेको र माथिल्लो निकायका प्रहरीलाई समेत मिलाएका छन। माथीका हाकिम हरुको पनि आफ्नै जिम्मा लि तस्कर हरुलाई मिलाएर बिचौलियाको भूमिका खेल्ने गरेको स्रोतको दाबीे छ । पर्सा प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे आएदेखी नै सो नाकाबाट ब्यापक तस्करी मौलाएको हो । माथिल्लो तहका प्रहरीसंग साटघाँट मिलाई व्यापक तस्करी गराई मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने काम गरिरहेका छन ।
हार्डवेयर, लताकपडा, गुटखा जस्ता विभिन्न सामानहरु तस्करी हुदा पर्सेली व्यापारी पनि मर्कामा पर्ने गरेको नाम नराख्ने सर्तमा एक जना कपडा व्यवसायीले बताएका छन। केही भ्रष्ट व्यापारीहरुले गरेको अबैध कारोबारका कारण ऋण लिएर व्यापार संचालन गरेका आम व्यवसायीहरु पनि मर्कामा पर्ने गरेको ती व्यापारीले दुःखेसो पोखेका छन। तस्करी फसटाएपनी उचपदाधिकारी हरु ले मौन देखिएको छ।
तपाईको प्रतिक्रिया