- 3Shares
पर्सा, कुमार बानिया । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरको टोलीले ज्ञयराती पर्साको धोबिनी गाउँपालिका को वाड नं २ अास्वारी बाट तिन वटा मोटरसाइकलमा लोड रहेको अबैध कुखरा बरामद गरेको छ। आज बिहान ७ बजे करिब भारत बाट तीन वटा मोटरसाईकलमा अबैध कुखरा लोड गरि अासवारी नाका हुदै नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा तिन वटा मोटरसाइकल समेत अवैध कुखरा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले बरामद गरेका छन।
सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङको नेतृत्वमा खटिएको टोलीले ३ सय पचास किलो कुखरा बरामद गरेको छ । बरामद गरेको कुखुराको अनुमानित मुल्य ४ लाख ७० हजार मुल्य बराबरको रहेको तामाङले जानकारी दिएका छन। पक्राउ परेका कुखराक्वारेनटाइनका प्रतिनिधि , भद्र भलादमी , सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार लगाएतको उपस्थितिमा नष्ट गरिएको हो ।आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको तामाङले जानकारी गराए
तपाईको प्रतिक्रिया