काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पदीय मर्यादा र जिम्मेवारीलाई भुलेर सार्वजनिक कार्यक्रममा सभापति शेरबहादुर देउवामाथि छन्नभाँती आरोप लगाएर बखेडा गरेका छन् ।पौडेलले शुक्रबार काठमाडौंमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा कांग्रेसका विरोधी र कम्युनिस्टहरू हास्ने गरेर देउवामाथि धारेहात लगाउँदै विवाद गरेका हुन् । देउवा बसेको कर्सी अगाडि पुगेर पौडेलले ठूलोठूलो स्वरमा धारेहात हल्लाउँदै तथानाम बोलेका छन् । देउवाले धेरै प्रतिवाद गरेका छैनन् । देउवाले पौडेलको कुरालाई धेरै महत्व नदिएको सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएको छैन ।
नयाँ सरकार गठनको विषयलाई लिएर पौडेलले देउवासँग सार्वजनिक कार्यक्रममा नै भनाभन गरेका हुन् ।कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार गठनको अवसर खेर फालेको भन्दै आक्रोश पोखेपछि सभापति देउवाले मैले कहाँ कस्तो अवसर खेर फालें ? भन्दै पौडेललाई प्रतिप्रश्न गरेका छन् । शुक्रबार कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा सहभागी भएका देउवाले नयाँ सरकार गठन गर्ने परिस्थिति नआए निर्वाचनमा पनि जान सकिने बताए ।
कार्यक्रममा देउवा पक्षका नेताले चुनावको पक्षमा बोलेका थिए । पौडेल समूहका नेताहरूले नयाँ सरकार गठनमा जोड दिएका थिए ।कार्यक्रममा नेता पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेकोमा देउवाको आलोचना गरेका थिए । पौडलले अब अर्को अवसर खेर फाल्न नहुने बताएका थिए ।पौडेलले बोलेपछि अन्तिममा बोलेका सभापति देउवाले पौडेलतर्फ संकेत गर्दै सरकार बनाउने विषयमा आफूले कुनै अवसर खेर नफालेको बताएका छन् । देउवाले पौडेललाई प्रश्न गर्दै भनेका छन्, ‘मैले केमा अवसर खेर फालें ?’उप–सभापति विमलेन्द्र निधिले देउवालाई साथ दिएको कार्यक्रममा सहभागी एक कर्मचारीले बताएका छन् । निधिले सभापति देउवाकै शैलीमा नयाँ सरकार गठनका लागि संसदमा संख्या पुग्नुपरेन ? भनेर प्रश्न गरेका थिए ।
सभापति देउवाले संसदको अधिवेशन बोलाउन चाहिने एक चौथाइ संख्या पनि कांग्रेससँग नभएकाले नयाँ सरकार गठन कठिन भएको बताएका छन् ।देउवाले अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुहोस् भने पनि सरकार गठनका लागि चाहिने संख्या नपुगेको बताए ।म आफू प्रधानमन्त्री हुन चाहेको पनि छैन । जो सुकै होस्, तयार पार्नुस् न मान्छे’, कांग्रेस सभापति देउवाले पौडेलतर्फ लक्षित गर्दै भने, ‘संख्या पुग्नुप¥यो नि ! मचाहिँ संख्या नपुग्ने खेलमा छैन ।’सभापति देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकोमा पार्टीलाई भने धन्यवाद दिएका छन् । नयाँ सरकार बने राम्रै हुने बताएका देउवाले चुनावबाहेक अर्को बाटो हुन नसक्ने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताएका छन् ।
‘जनताको मन जितेर हाम्रो सरकार बन्न सक्छ’, देउवाले भने, ‘जनताले बुझिसके त्यसैले आवश्यक परे चुनावको तयारी पनि गर्नुपर्छ ।’पार्टीको बैठकभित्र गर्नुपर्ने विवाद र तर्कलाई वरिष्ठ नेता पौडेलले आफ्नै हैसियत भुलेर सभापति देउवासँग सार्वजनिक कार्यक्रममा गरेको झगडालाई कांग्रेसका कार्यकर्ताले रुचाएका छैनन् ।कांग्रेसलाई कमजोर बनाउने गरेर पौडेलले किन सरकारमा जान खोजेका छन् भनेर प्रश्न उठेको छ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर प्रधानमन्त्री खड्गप्रसाद ओलीसँगै मिलेर सरकार बनाउने पक्षमा छ ।सरकार बनाउने विषय सार्वजनिक कार्यक्रममा भाषण गरेर हुने पनि होइन । त्यही कुरा भन्नु थियो भने पौडेलले देउवासँग दिनदिन कुरा गरेर भित्रभित्रै सत्ताको तयारी गर्नुपर्ने हो । तर, पौडेलले त्यसो गर्न चाहेनन् ।
पौडेलले सस्तो लोकप्रियता कमाउन र कार्यकर्ताको सहहानुभूति बटुल्न गरेको स्टन्ट काम नलाग्ने भएको छ । पौडेललाई राम्रोसँग जानकारी छ । अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्ने संख्या र वातावरण दुबै छैन भन्ने कुरा । कांग्रेसको नेतृत्वमा सरकार बनिहाल्यो भने पनि सरकारबाट कांग्रेसले केही गर्न सक्नेछैन । त्यसको बदनामी र असर कांग्रेसलाई चुनावमा हुनेछ । सभापति देउवा कम्युनिस्टले तीन वर्षसम्म गरेको बेथिति बोक्ने पक्षमा छैनन् । पौडेल भने देउवालाई सरकारमा बनाउन सक्रिय बनाएर बदनाम गराउने पक्षमा लागेको आरोप छ ।
सत्ताको खेल र सरकार कसरी बनाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्रीमा १७ पटक पराजित भएका पौडेलले देउवालाई सिकाउनु अलिक हास्यास्पद हुनेछ । देउवा सरकार बनाउने र गिराउने खेलका माहिर खेलाडी हुन् । देउवाले सरकार अहिले बन्छ कि बन्दैन सबै कुरा मूल्यांकन गरेर बसेका छन् । उनलाई सबै कुराको जानकारी छ । पौडेललाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेपछि चीनको चाहनाअनसार गतिविधि गर्दै आएको आरोप छ । नेपालपाना अन्लाईनमा प्रकासित समाचार
तपाईको प्रतिक्रिया