अस्थाई प्रवासमा जाडो छल्न आउने पंक्षीहरुको रोमान्चित रहस्यमय संसार र दैनिक जीवनशैली रहस्यले भरीएको हुन्छ । यी चराहरु सुदुर उत्तर–पश्चिम युरोप, रुस, उत्तरी ध्रुर्वको मंगोलिया, साईवेरिया, मानसरोवर चिसो ठंडा हिमपात हुने देशहरुबाट प्रति वर्ष हिमालय पर्वत श्रृङ्खलाबाट विश्वको अग्लो चुचुरो पार गरेर तातो गर्मी जलवायु भएको होचो मैदानी समथर भु–भाग नेपालको पुर्व–पश्चिम फैलिएको तराई र यस संग सिमा जोडिएको भारतिय गंगा नदी तटिय मैदानी भु–भागमा आउछन । दुई तीन हजार किलोमिटरको आकाश मार्गको हवाई दुरिको निरन्तर यात्रा उडेर नै पार गर्दछन । अक्टुवर महिनाको प्रारम्भमा आफ्नो पुर्वज वंशहरुवाट नै जाडो छल्न आउने गरेको यी चराहरु नेपाल–भारतको यो भु–आकृति पारिस्थिकिय प्रणालिमा अवस्थित विभिन्न प्राकृतिक सिमसार, ताल, तलैया, नदी वगर किनार, डुवान क्षेत्र, वन जंगललाई आफ्नो अस्थाई सुरक्षित प्रवास बनाउने गर्दछन ।
अक्टुवर देखि मार्च महिना अथवा दिपावलि देखि होलि सम्म यस भू–खण्डमा बसेर पुनः आफ्नो मातृभुमि तर्फ उडान गर्दै फर्कन्छन । अक्टुवर देखि मार्च सम्मको बिचको समयमा हरेक वर्ष भारत नेपाल सिमावर्ति प्राकृतिक ताल, दह, सिमसार, नदी तटीय भू–भाग, पानी जमेको दलदल जमिन, वन जंगलमा उत्तरी धुर्वको जाडो छल्न आउने चराहरुले आफ्नो समय बिताउने गर्दछन ।
यी चराहरुले आफ्नो जोडि संग यहाँ रमाए पनि अण्डा पार्न, ओथारो वस्न, अण्डा कोरोल्न र वचेरा हुर्काउन आफ्नो जन्म भएको मुलुकमा नै जाने गर्दछन । यो एउटा निर्विवाद प्राकृतिक सत्य हो कि अस्थाई प्रवासमा आउने यी पाहुना चराहरुको एउटा पनि यस्तो उदाहरण छैन कि उनिहरुले यहाँ अण्डा पारेको होस । आफ्नो मातृभुमि प्रतिको सम्मान, स्नेहशिल माया यी अस्थाई प्रवासमा आउने अतिथि निरीह चराहरुको प्राकृतिक विशेषता आफ्नो राष्ट्र प्रतिको सम्मान जनक प्रवृति अनुकरणिय रहेको छ ।
यसरी हिमालय पारि देखि टाढा टाढा विभिन्न आ–आफ्नो देशबाट हजारौ किलोमिटरको दुरि पार गरेर आएका हिमपात र जाडो छल्न यहाँ आउने गर्दछन् । उनिहरु यहावाट जाडो याम व्यतित गरि सके पछि फिर्ता गएर आफ्नो अण्डा पार्न, वच्चाहरु कोरल्न, बच्चा हुर्काउन त्यहि जान्छन । जुन स्थानमा पहिले उनिहरुको आफ्नो जन्म भएको थियो ।
यो उनिहरुको आफ्नो जन्म भुमि प्रतिको अगाथ सम्मान र प्राकृतिक भुवनोटमा प्राणिहरुको संन्तुलन श्रृष्टीको वंश निरन्तरता पनि हुन सक्छ ।
(लेखक दोय बिजय राज श्रेष्ठ र धिरेन्द चन्द बन्यजन्तु संरक्षण कमि हुन ।)
तपाईको प्रतिक्रिया