Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

रामको अयोध्या नेपालको ‘ठोरी’ कि भारतको फैजावाद ?


रामको अयोध्या नेपालको ‘ठोरी’ कि भारतको फैजावाद ?

–चन्द्रप्रकाश बानियाँ

१.प्रधानमन्त्रीको दावीः

प्राचीन साकेत नगरी आजकाल अयोध्या भनेर चिनिन्छ । बाबारी मस्जिद कट्टर हिन्दू समुदायको शिकार बनेपछि अयोध्या थप चर्चित बन्यो । अदालतको फैसलापछि अयोध्यामा राममन्दिर निर्माण कार्य प्रारम्भ भएको छ । पौराणिक कथा अनुसार अयोध्यालाई रामको जन्मभूमि मानिएको छ । यतिञ्ज्याल चलेको विवाद अयोध्या रामको जन्मभूमि थियो कि थिएन भन्ने होइन । बाबरी मस्जिद बनेको ठाउँमा त्यसपूर्वं राम मन्दिर थियो कि थिएन भन्ने हो । पुरातात्विक प्रमाणले हिन्दू मन्दिर रहेको प्रमाणित गरेन । हिन्दू अतिवादीद्वारा भत्काइनुपूर्व मुगलकालमा बनेको बाबरी मस्जिद खडा थियो । अर्थात इतिहासले बाबरी मस्जिदको पक्षमा प्रमाण प्रस्तुत गथ्र्यों । तैपनि हिन्दु बाहुल्यता रहेको मुलुकको जनभावनालाई हेरेर अदालतले राममन्दिर निर्माणको अनुमति थियो । विवाद सकियो । कथा पनि सकियो । 

“रामको अयोध्या भनेको नेपालको ठोरी हो” भन्ने नेपालका प्रधानमन्त्री ओलीको पछिल्लो भनाई यतिखेर मिडियाहरुमा चर्चित भएको छ । उटपट्याङ कुरा गर्ने ओलीको पुरानै बानी हो । प्रधानमन्त्रीको कुर्र्चीमा बसेयता उनले बोलेका विना शिर पुच्छरका कथन र दावीहरुको संकलन गर्ने हो भने महाभारत महाकाव्यकै आकारको अर्को ग्रन्थ तयार हुन्छ । यस पटकको उनको भनाई पनि कुनै प्रमाणिक सत्य तथ्यको आधारमा आएको होइन । नेपालले कतै ऐतिहासिक पुरातात्विक उत्खनन अध्ययन गरेको वा गर्दै गरेको छ जस्तो लाग्दैन । त्यसैले उनको ठोरी सम्बन्धी दावी नितान्त लहडी कथन हो । 

अचम्म लाग्ने कुरा त के देखिएको छ भने कैयौं मानिसहरुले उनको त्यही लहडी कथनलाई बल पुग्नेगरी आफूले अध्ययन अनुसन्धान गरेको  र भारतको अयोध्या नक्कली हो भनेर दावी गरेको पनि देखिन्छ । त्यसैको आधारमा सक्कली अयोध्या नेपालकै भूभागमा हुनुपर्छ भनेर अनुमान गर्न थालेको देखिन्छ । ज–जस्ले जे जे दावी गरेपनि यतिखेरसम्मको वस्तुसत्यको आधारमा त्यस्तो दावी ‘स्याल हुइयाँ’ भन्दा बढी केही होइन भन्न हिच्किचाउनु पर्दैन । उनीहरुको दावीमा कुनै दम देखिदैन । प्रमाण भनेर अघि सारेका तर्क पनि तथ्यको कसीमा गलत सावित हुन्छन् । 

२. दावीको आधारः

कपिलवस्तुमा भएको पुरातात्विक उत्खनन पूर्व संसारले गौतम बुद्धको जन्मस्थान लुम्विनी भारतमा पर्छ भनेर मान्थ्यो । नेपालको हो भन्ने प्रमाण नेपालसँग थिएन । पहिलो पटक सन १८९६ मा जर्मन विद्वान एबोलस एन्टन फ्युररले लुम्विनीमा उत्खनन गरेका थिए । सन १८९९ भारतीय इतिहासविद पूर्णचन्द वनर्जीले गरेको उत्खनन रिपोर्ट भारतीय पुरातत्व सर्वेक्षण प्रतिवेदन– १९०१ मा प्रकाशित भयो । त्यसपछि १९९० मा नेपालका कोषराज आचार्य र बृटिश पुरातत्वविद कनिङघमले लुम्वनीको उत्खनन गरेका थिए । त्यसपछि मात्र लुम्विनी नेपालमा पर्छ भन्ने कुरा प्रमाणित भएको हो । 

यहीँनेर बिर्सन नमिल्ने र हेक्का राख्नै पर्ने विषय के रहेको छ भने लुम्विनीमा जस्तो गरी कुनै दिन ठोरीमा उत्खनन भएछ र पुरातात्विक प्रमाणले रामकथाको सत्य उत्घाटित भएछ भने रामै्र होला । तर बुद्ध कथा इतिहास हो र त्यो इशापूर्व ५÷६ वर्ष पूर्वको भन्ने कुरा प्रमाणित भैसकेको छ । त्यसको श्रेय सम्राट अशोकद्वारा उत्किर्ण गरिएको शिलालेखहरुलाई जान्छ । लुम्विनीको प्रमाणिकताको आधार पनि अशोक स्तम्भ र त्यसमा उत्किर्ण आलेख हो । 

रामकथा इतिहास हो भनेर आजका मितिसम्म कसैले कुनै प्रमाण दिन सकेको छैन । अर्थात आधुनिक प्रविधि -कार्वन डेटिङ- समेत रामकथाको प्रमाण उपलब्ध गराउन सफल भएको छैन । तथ्यद्वारा प्रमाणित नभैसकेको रामकथालाई इतिहास भनेर रामको अयोध्या नेपालमै थियो भन्नु यतिखेरसम्मका लागि भद्दा प्रहसनभन्दा बढी केही हुन सक्तैन । 

जहाँसम्म ठोरीको ऐतिहासिकताको कुरा हो त्यहाँ हालसम्म पनि प्रत्यक्ष देखिने प्रमाणहरुले बुद्धविहार हो भनेर पुष्टि गर्छन् । बुद्धिष्टहरु तलमाथि (भारत–नेपाल) गर्ने बाटोमा पर्ने विश्रामस्थल हो । केवल वर्तमान अयोध्याबाट रथमा जनकपुर आउजाउ गर्न सम्भव हुदैन भन्ने आधारमा ठोरीलाई अयोध्या मान्ने कुरा युक्तिसंगत ठहर्दैन । न त रामसंग पुष्पक विमान थियो भन्ने कथाले त्यसलाई पुष्टि गर्छ । हालको जनकपुर जनकराजाको राजधानी विदेह हो भन्ने कुरा पनि ऐतिहासिक तथ्यबाट प्रमाणित भएको कुरा होइन । एउटा मान्यता मात्रै हो । भारतमा सरयु नदी भनेर नेपालबाट बगेर भारत छिर्ने कर्णाली अर्थात घागरालाई मानिन्छ । कसै कसैले त प्राचीन सरयु नदी थाइल्याण्डको ‘फरायु’ नदी हो भन्ने मान्यता पनि राखेको देखिन्छ । सरयु नै सरस्वती नदी हो भनेर कसैले कहीँ भनेको छैन । विना प्रमाण त्यसो भन्नु हास्यास्पद कुरा हो । विद्वत समाजमा उल्लु ठहरिने नादानी हो । सरस्वती नदीको नाम ऋगवेदमा परेको छ । ऋग्वेद पाकिस्तानको स्वात उपत्यकामा लेखिएको हो भनेर मानिन्छ । ऋग्वेदमा नदीका २८ नाम परेका छन् । तीमध्ये गङ्गाको मैदानका तीनवटा नदी मात्र समावेश छन् । प्राचीन सरस्वती नदी भनेको हालको इरानमा रहेको हाल्मोन्ड अर्थात हराइति नदी हो भनेर पनि अनुमान गरिन्छ । किनकि भारतवर्षमा पवित्र मानिएको सरस्वती नदीको उपस्थिति र अस्तित्व कतै पनि भेटिएको छैन।    

३. रामकथाको प्रमाणिकताः

रामकथाको श्रोत रामायण हो । भारतमा विभिन्न ११ भाषामा रामायण लेखिएका छन् । र सबै रामायणहरुको कथा एकसमान छैन । भानुभक्त आचार्यको अनुवादित रामायणलाई समावेश गर्ने हो भने रामायणहरुको संख्या एक दर्जन पुग्छ । रामकथा महाभारतमा पनि छ । अन्य पुराणहरुमा पनि छ । जति भाषामा लेखिएको भए पनि रामकथाको श्रोत वाल्मिकि रामायण हो भनेर हिन्दूहरुले दावा गर्छन् । वाल्मिकि रामायणको भाषा संस्कृत छ र लिपि देवनागरी । भारतीय उपमहाद्विपमा १००० हजार वर्षपूर्वसम्म ब्राह्मी, खरोष्टि, रेमाइक र सिनेमेटिक शारदाजस्ता लिपीहरुको प्रयोग भएको देखिन्छ । देवनागरी लिपीको कहीँ कतै अस्तित्व देखिदैन । सन ८७८ एडीको नेपालकै चांगुरानायणमा उत्किर्ण मानदेवको शिलालेखमा भाषा अर्ध संस्कृत (अपरिस्कृत संस्कृत) छ । अर्थात त्यो भाषा पाली हो कि संस्कृत भनेर खुट्याउन गाह्रो पर्छ । र त्यहाँ प्रयोग भएको लिपी “कुटिला” हो । जसलाई लिच्छवी लिपी पनि भन्छि । 

संस्कृत भाषामा लेखिएका पुस्तक १५ ध्रौैं शताब्दीपछि मात्र फेला पर्छन् । ऋग्वेदको पहिलो प्रति पनि सन १४६४ को मात्र फेला परेको छ । रामायणमा अनेक पटक “चैत्य” शब्दको प्रयोग भएको छ । त्यो बुद्ध धर्मसँग सम्बन्धित शब्द हो । अर्थात रामायण लेखिएको समय बुद्धकाल भन्दा पछिको हो । संस्कृत भाषा र देवनागरी लिपिको विकास भएपछिको हो । किनकि रामायण छापाखानाबाट प्रथमपटक प्रकाशित गर्दा फेला परेको रामायणको पाण्डुलिपी परिस्कृत देवनागरी लिपी र शुद्ध संस्कृत भाषामा लेखिएको थियो भनिन्छ । उक्त प्रति गोरखपुरको कल्याण प्रकाशनमा सुरक्षित छ । 

४. संस्कृत भाषाको प्राचीनताः

(क).देवनागरी लिपीमा प्रारम्भमा त्र/क्ष/ञ जस्ता अक्षरहरु देखिदैनन । तेश्रो शताब्दीपछि मात्र ती अक्षरहरु समावेश भएको देखिन्छ । त्यसैले रामायण पुरानो लिखत हो भने रामका भाई “लक्ष्मण” कसरी लेखियो भन्ने प्रश्न उठ्छ । 

(ख).अयोध्या भन्ने शब्द इतिहासमा ५०० वर्षयता मात्रै लेखिएको देखिन्छ । त्यसपूर्वको इतिहासमा कहीँ कतै अयोध्याको उल्लेख छैन । 

(ग).श्रीलङ्गा भन्ने नाम सन १९७२ मा प्रथमपटक दिइएको हो । त्यसपूर्व ‘सिलोन’ भनिन्थ्यो र त्यसभन्दा अगाडि ‘सिंहलद्विप’ भनिन्थ्यो । हजारौैं लाखौं वर्ष पहिले लेखिएको रामायणमा कसरी बिसौं शताब्दीको नाम लङ्का लेखियो ?

(घ).हिन्दु धर्मग्रन्थहरुमा उल्लेख भएका स्थान र पात्रहरुको नाम भारतमा भन्दा बढी दक्षिणपूर्वी एशियामा प्रयोग हुने गरेको प्रमाण मिल्छ । संस्कृत भाषाका शब्दहरु पनि त्यताको भाषाहरुमा अत्यधिक (७०) प्रतिशतसम्म समावेश भएका पाइन्छ । कम्वोडिया, थाइल्याण्ड, इन्डोनेशिया आदि देशहरुमा विष्णुलोक, अयोध्या, स्वर्गलोक, ब्रह्मलोक जस्ता ठाउँहरु पाइने मात्र होइन हिन्दू देवी देवताको असंख्य मुर्तिहरु भेटिन्छन् । रामायण महाभारतसँग सम्वन्धित घटना झल्कने पर्खाल मुर्ति र चित्रहरु पनि भेटिन्छन् । 

(ङ).रामशागर र रावेन वंश प्राचीन पर्सिया (इरान) भेटिएका छन् । समाथिपिकेशका दश पुस्ताका मानव अवशेष पर्सियाबाट लण्डन म्युजियममा पु¥याइएका छन् । 

४.युगको कल्पनाः

हिन्दू धर्मशास्त्रहरुले चार युगको कल्पना गरेका छन् । रामकथा दोश्रो अर्थात त्रेतायुगको कथा हो भन्ने मान्यता छ । हिन्दू मान्यतामा द्वापर नामको एउटै युगको समयावधि ८ लाख वर्ष हो भनेर मानिएको छ । कलिको पनि साढे पाँच हजार वर्ष बित्यो भनिन्छ  । अर्थात रामको कथा कम्तिमा पनि ९ लाख वर्षपूर्वको हुनुपर्छ भनेर मान्नु प¥यो । पुरातात्विक अनुसन्धान प्रमाणले यतिखेर संसारमा अस्त्वितमा रहेको मानव जाति “होमो सेपियन्स” हो भनेर प्रमाणित गरिएको छ । होमो सेपियन्सको सबभन्दा पुरानो जीवाष्म ३ लाख वर्षसम्मको मात्र भेटिएको छ । त्यो पनि अपूर्ण मानव अवस्थाको । त्यसैले राम कथा ९ लाख वर्ष पूर्वको भन्ने कुरा नै मिथक हो ।  विज्ञान र इतिहास प्रमाणले त्यसको पुष्टि गर्दैन । 

५.रामकथाको वैज्ञानिक अनुसन्धानः

आजसम्मको मानव ज्ञान, अनुसन्धान र अध्ययनले रामकथा इतिहास होइन भनेर प्रमाणित गरेको छ । रामकथाको श्रोत रामायणादि पुराण कथाहरु हुन् । ती कथाहरुमा रामको जन्मभूमि र कर्म भूमिको विसद वर्णन गरिएको छ । अयोध्या, विदेह, कोशल, किष्किन्धिा, लङ्का, पञ्चवटी, नन्दी ग्राम आदि । यतिखेरसम्म पनि तीमध्ये अधिकांश ठाउँहरु अस्तित्वमा छन् । रामकथा इतिहास हो कि होइन भन्ने बहस भारतीय विद्वत समाजमा लामो समयदेखि चल्दै आएको थियो । त्यही विवादको निक्र्योल गर्नका लागि “इन्डिएन इन्सििच्युुट अफ एडभान्स स्टडिज् अफ सिमला” नामको संस्थाका निर्देशक बीबी लालको नेतृत्वमा “आर्कलोजिकिल सर्भे अफ इन्डिया”को नामको संस्थाको समेत संलग्नता र सहभागितामा ती ठाउँहरुको सात वर्ष खर्चेर उत्खनन अध्ययन गरियो । ती ठाउँहरुको वैज्ञानिक उत्खनन अनुसन्धानबाट रामकथा सम्वन्धित एउटा पनि प्रमाण प्राप्त गर्न नसकिएको रिपोर्ट आयो । त्यही आधारमा भारतको उच्च अदालतले रामायणलाई विशुद्ध साहित्यिक कृति मान्यो । काल्पनिक कथा मान्यो  र भारतको केन्द्रिय शिक्षा विभागले समेत स्कूल र कलेजको इतिहासको पाठ्यक्रमबाट रामायण र महाभारतलाई हटायो । 

भारतीय अनुसन्धानले रामकथालाई असत्य सावित गरिदिएको छ । अयोध्याको रामजन्मभूमिको विवाद र राम लल्लाको पक्षमा आएको अदालतको फैसला विशुद्ध धार्मिक थियो । १२/१४ धौं शताब्दीमा बाबरी मस्जिद बनेको कुरा ऐतिहासिक तथ्य थियो । र उक्त स्थानको उत्खननमा फेला परेको पुरातात्विक वस्तुले बुद्ध संरचना रहेको प्रमाणित गरिदिएको थियो । छ । 

राम कथाको ऐतिहासिकता प्रमाणित गर्न भारत असफल भएको छ । त्यसको मतलब राम नेपालका थिए भनेर दावी गर्ने कुरा एउटा हो । पुष्टि गर्ने कुरा अर्को हो । जुन जुन तथ्य र प्रमाणहरुले रामकथालाई इतिहास होइन भनेर प्रमाणित ग¥यो तिनै कुराहरु हाम्रा सामु पनि पहाड बनेर उभिने छन् । रामकथाको प्रमाणिकता सावित गर्न सकिने सम्भावना शून्य बराबर छ । एउटा नदी, एउटा जङ्गल, एउटा कथित आश्रम, एउटा स्थानको नामको भरमा रामकथाको इतिहास प्रमाणित हुदैन । व्यर्थको कसरत नगरेकै राम्रो । अर्थ नराख्ने कथन सार्वजनिक गर्नु नादानी सावित हुनेछ भन्नलाई धकाउनुपर्छ जस्तो लाग्दैन । -जनधारणा साप्ताहिक 

Tags: चन्द्रप्रकाश बानियाँ

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता (पूर्णपाठसहित)
राष्ट्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता (पूर्णपाठसहित)

2 weeks ago
प्रहरी अनुसन्धानमा खुल्यो आरजु राणालाई फसाउन गरिएको षडयन्त्र, प्रलोभन देखाएर पैसा खाएको नक्कली अडियो बनाएको पुष्टि
पहरा विशेष

प्रहरी अनुसन्धानमा खुल्यो आरजु राणालाई फसाउन गरिएको षडयन्त्र, प्रलोभन देखाएर पैसा खाएको नक्कली अडियो बनाएको पुष्टि

2 weeks ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि