काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।
प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ति भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् । २०७७ असार ३१ गते बसेको संचालक समितिको बैठकले प्रसाईलाई २०७७ साउन १ गतेबाट कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो । प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध रहेका छन् । यसअघि प्रसाईले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।
तपाईको प्रतिक्रिया