काठमाडौं – इतिहासमै प्रथम पटक जुम अनलाइन मार्फत हलिं नेवाः गुथिको आयोजनामा अन्तराष्ट्रिय नेपाल भाषा साहित्य सम्मेलन हुने भएको छ ।
नेपाल भाषा र नेपाल भाषाका रचनालाई अन्य अन्तर्राष्ट्रिय भाषाबाट पाठ गरी सहभागीता जनाउन श्रावण १५ गते बुधबार भित्र साहित्यिक रचनाहरु कविता, हाइकू, गीत र लघु कथा (तीनसय शब्द भन्दा कम) समावेश गर्नु पर्ने कार्यक्रका संयोजक श्रीकृष्ण महर्जनले जानकारी दिए ।
सहभागीता जनाउनका लागि [email protected], [email protected], [email protected] तथा श्रीकृष्ण ९९८४१७५२५८३०, कृष्ण ९९८४१५०२९०२०, प्रकाशमान ९९८४१४९६२३५० सम्पर्क राख्न् सकिनेछ छ । सहभागीता जनाएकालाई प्रमाण पत्र तथा ई—पुस्तकका रुपमा प्रकाशन गरिनेछ ।
कार्यक्रम नेपाली समय अागामी भदो १ गते सोमबार रातीकाे ६ः०० बजे हुनेछ ।
तपाईको प्रतिक्रिया