दाङ। लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन्। दाङ क्षेत्र नं ३ ९क० बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित उनी हाल पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री हुनुहुन्छ । संस्थापन पक्षका चौधरी संविधानसभा सदस्यसमेत हुन् ।
संसदीय दलको नेताका लागि डिल्लीचौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिना वीरबहादुर राना र निमा गिरी आकाङ्क्षी हुन् । लुम्बिनी प्रदेशसभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ सांसद छन् । लुम्बिनी प्रदेशसभामा नेकपा एमाले पहिलो दल बनेको र सो दलमा २९ सांसद छन् ।
तपाईको प्रतिक्रिया