सहबान अन्सारी
नवलपरासी ।नवलपरासीको सीमावर्ती क्षेत्रको बिभिन्न ठाउँहरुबाट ९० हजार मूल्य बराबरको अबैध मटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिवार पाल्हिनन्दन गाउँपालिका वडा नं.२ गोपालपुरमा नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै करिब ५० हजार मुल्य बराबरको मटर ( केराउ) सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो।
त्यसैगरि प्रतापपुर गाउँपालिका वडा नं. ७ सुर्यपुरा मा नेपालबाट भारततर्फ लैजादै गरेको करिब १२ हजार ५ सय मुल्य बराबरको ४ बोरा मटर (केराउ) साथै
सोही गाउँपालिका वडा नं. ५ बसहियाबाट करिब २७ हजार ५ सय मुल्य बराबरको मटर (केराउ) ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको हो ।
उक्त मटर (केराउ) मानिसहरुले मोटरसाईकलमा बोकी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु बोरा फाली भगेका थिए ।
नियन्त्रणमा लिइएको मटर (केराउ) आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया