दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् । घोराही उपमहानगरपालिका–११, अवलडाँडामा मोटरसाइकलमा सवार घोराही–१०, जलौराका अन्दाजी १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान पौने २ बजे मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थानका अन्दाजी १९ वर्षीय मंगल चौधरी र मोटरसाइकलमै सवार अन्दाजी २३ वर्षीय ऋषिराज चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ऋषिराजको अवस्था गम्भीर छ ।
अवलडाँडाबाट नारायणपुरतर्फ जाँदै गरेको तीनजना सवार रा ४ प ६०५१ नम्बरको मोटरसाइकल गए राति करिब साढे १२ बजे अनियन्त्रित भई सडकदेखि अन्दाजी १५ मिटर तल खेतमा खसेको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।
तपाईको प्रतिक्रिया